नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने छ : मन्त्री पन्त

<span class='c1'>नेपाली भाषालाई बाह्य अतिक्रमणबाट जोगाउनुपर्ने</span> <span class='c2'>छ : मन्त्री पन्त</span>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले नेपाली भाषालाई बाह्य भाषाको अतिक्रमणमा रहेको बताउँदै कसरी जोगाउने भन्ने चिन्ता देखा परेको बताएका छन् । आइतबार काठमाडौंमा भानुभक्त आचार्यको २१२ औँ जन्मजयन्तीको अवरमा भानुभक्तको पूर्ण कदको सालिकमा माल्यार्पण गर्दै उनले नेपालमा थोरै सङ्ख्याले बोल्ने भाषा ठूला भाषा र बाहिरी भाषाको चपेटामा पर्दा हराउँदै गइरहेकोमा चिन्ता व्यक्त गरे ।उनले भने,‘ हामीले देखिरहेको छौं । विभिन्न भाषाहरु मर्दै गइरहेको छन् । थोरै सङ्ख्याले बोल्ने भाषाहरु ठूला भाषा र बाहिरी भाषाको चपेटामा परेका छन् । आफ्‌नै देशभित्र थोरै सङ्ख्याले बोल्ने भाषा पनि हराउँदै गइरहेको छ । देश सानो छ त संस्कृति र भाषामा धनिी छौं । र भाषाहरुलाई कसरी समृद्ध बनाउने र संरक्षण गर्ने भन्ने चिन्ता एकातिर छ । आफ्‌नै नेपाली भाषालाईं पनि बाह्य भाषाको अतिक्रमणबाट कसरी जोगाउने भन्ने चिन्ता हाम्रा सामु छ ।’त्यस्तै उनले आज भानु जयन्ती नेपालको सिमाभित्र मात्रै नभई संसारका अरु भू–भागहरुमापनि फैलिएको बताए ।

 

हामीले आफ्‌नो भाषाको जगेर्ना गर्ने ,आफ्‌नो भाषा फैलाउने र आफ्‌नो भाषामा साहित्य सृजना गर्ने व्यक्तित्वहरुलाई सम्झनु पर्ने भन्दै उनले नेपाल देश र नेपाली भाषा रहेसम्म भानुभक्तको महत्व रहने धारणा राखे । उनले भने,‘आज भानु जयन्ती नेपालको सिमाभित्र मात्रै छैन् । संसारका अरु भू–भागहरुमापनि भानु जयन्ती फैलिएको छ । भानु जयन्ती मनाउनुको मूल तात्पर्य के हो भने आफ्‌नो भाषाको जगेर्ना गर्ने वा भाषा फैलाउने हो, आफ्‌नो भाषामा साहित्य सृजना गर्ने व्यक्तित्वहरुलाई सम्झनु हो । जुन बेलासम्म नेपालीहरु जीवित रहन्छौं । जुनबेलासम्म नेपाल भन्ने देश रहन्छ र त्यसबेलासम्म नेपाली भाषा रहन्छ । त्यसबेलासम्म भानुभक्तको महत्व रहन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्