शिक्षकले छात्रालाई जिस्काएपछि विद्यालय तोडफोड

<span class='c1'>शिक्षकले छात्रालाई जिस्काएपछि</span> <span class='c2'>विद्यालय तोडफोड</span>

रौतहट । श्री माध्यमिक विद्यालय गरुडा–९ श्रीपुरका एक शिक्षकले आफ्नै छात्रालाई जिस्काएको भन्दै आक्रोशित समूहले विद्यालय तोडफोड गरेको छ । छात्राको जन्म दिनमा ‘ह्याप्पी बर्थ डे मेरी जान’ लेखेर पठाएको आरोपमा आइतबार शिक्षक रवीन्द्र प्रसाद साहमाथि कुटपिट हुनुका साथै विद्यालय तोडफोड गरेको हो । विद्यालयका अभिभावक र विद्यार्थीको समूहले उनलाई कुटपिट गरेको प्रहरीले जानकारी दिएको छ । आक्रोशित समूहले विद्यालयको संरचना र सामग्रीमा समेत तोडफोड गरेपछि स्थिति नियन्त्रणमा लिन एक राउण्ड अश्रुग्याँस  प्रहार गरेको इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ओमप्रकाश यादवले बताए ।

 

उनका अनुसार शिक्षक शाहलाई पनि नियन्त्रणमा लिइएको छ । विद्यालयमा रहेका अन्य शिक्षक र विद्यार्थीलाई घर पठाइएकाले अहिले अवस्था नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्