टिपरले ठक्करबाट दमकमा एक महिलाको मृत्यु, एक घाइते

<span class='c1'>टिपरले ठक्करबाट दमकमा एक</span> <span class='c2'>महिलाको मृत्यु, एक घाइते</span>

झापा । झापाको दमकमा आइतबार दिउँसो सवारी दुर्घटना हुँदा एक महिलाको ज्यान गएको छ भने अर्की महिला घाइते भएकी छन् । दमक नगरपालिका–३ स्थित संगम चोकमा भएको दुर्घटनामा स्कुटरमा सवार दुई महिला जेठानी–देउरानीमध्ये ५६ वर्षीया लक्ष्मी गौतमको मृत्यु भएको हो। प्रहरीका अनुसार, डिपु चोकबाट आम्दातर्फ आउँदै गरेको ‘मे १ ख २८८४’ नम्बरको टिपरले विपरीत दिशाबाट गइरहेको ‘मे ११ प ५४४३’ नम्बरको स्कुटरलाई अपरान्ह १२ बजेतिर ठक्कर दिएको थियो।

 

स्कुटरको पछाडिपट्टि बसेकी लक्ष्मी गौतमको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनको शव पोष्टमार्टमका लागि दमक अस्पतालमा राखिएको छ।

 

 

घटनामा स्कुटर चलाइरहेकी ४४ वर्षीया टीका गौतम घाइते भएकी छन्। टीकाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । दुर्घटनापछि टिपर चालक झापाको बिर्तामोड नगरपालिका–२ का ४६ वर्षीय तोयानाथ विकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको झापा प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्