महिला अधिकारका लागि महिलाहरु नै लड्नुपर्छ : उपसभामुख

<span class='c1'>महिला अधिकारका लागि महिलाहरु</span> <span class='c2'>नै लड्नुपर्छ : उपसभामुख</span>

काठमाडौँं । उपसभामुख इन्दिरा राना मगरले महिलाका मुद्दाहरुमा महिलाले नै विरोध गर्ने गरेको बताएकी छिन् । २२१ औँ भानुजयन्तीका अवसरमा प्राध्यापक वन्दना मिश्र (मधु) को कृति, कविता संग्रह ‘अन्नप्रासन’ विमोचन समारोहमा बोल्दै उनले महिलाका मुद्दामा सबै एक हुनुपर्ने औंल्याइन् । ‘हामी अधिकारको कुरा गछौँ, एकल महिलाको कुरा गर्छौ । अब कुरा गरेर मात्र नभइ महिला एक हुनपर्ने बेला आएको छ । महिलाहरुले आफ्नो अधिकारको लागि आफै लड्नुपर्ने र त्यो क्षमता आफैले वृद्धि गर्नुपर्छ,’ उनले भनिन् ।

 

‘सासु बुहारी मिलेर अघि बढ्दा पुरुषको नै चाँहिदैन जस्तो लाग्छ । महिलाहरु पीडित नै हुन पर्दैन् । त्यसैले हामी सबै एक हुनुपर्छ,’ उनले अगाडि भनिन्,‘ नेपालमा जन्मेपछि हरेकले नेपाली नागरिता पाउनैपर्छ । आमाकै नामबाट पनि नागरिता पाउने अहिलेको कानुन ठिक छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्