सञ्चारमन्त्री गुरुङ आज स्वदेश फिर्ता

<span class='c1'>सञ्चारमन्त्री गुरुङ आज</span> <span class='c2'>स्वदेश फिर्ता</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ आज स्वदेश फर्किएका छन् । आइतबार साँझ विश्व सूचना समाज सम्मेलनमा सहभागी भई सञ्चारमन्त्री गुरुङ  स्वदेश फर्किएका हुन् । स्विट्जरल्यान्डको जेनेभामा सम्पन्न उक्त सम्मेलनका क्रममा सञ्चारमन्त्री गुरुङ नेतृत्वको नेपाली प्रतिनिधिमण्डल तीनवटा छलफल सत्र र चारवटा मुख्य सत्रमा सहभागी भएको थियो ।

 

यही जुलाई ८ देखि ११ तारिखसम्म सम्पन्न सो सम्मेलनमा सूचना प्रविधिको प्रयोगबाट दिगो विकास लक्ष्य प्राप्ति गर्ने र एआई प्रविधिलाई मानव विकासमा सकारात्मक प्रयोग कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो । सम्मेलनमा सरकारका तर्फबाट मन्त्री गुरुङले सूचना प्रविधिको प्रयोग र विश्वमा यसको प्रवृत्ति तथा नेपालमा यसका के कस्ता चुनौती देखिएका छन् भन्ने बारेमा धारणा राखेका थिए । साथै, नेपालले यस सम्बन्धमा देखापरेको खाडललाई सम्बोधन गर्न विभिन्न नीति, योजना, कार्यक्रम अगाडि बढाइरहेकाले सहयोगका लागि आह्वान समेत गरेका थिए ।

 

 

सम्मेलनका क्रममा मन्त्री गुरुङले सहभागी राष्ट्रका मन्त्रीसँग द्विपक्षीय भेटवार्ता गरी विश्व सूचनाबारे समाजलाई बलियो बनाउनेबारे छलफल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्