नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित

<span class='c1'>नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको</span> <span class='c2'>दोस्रो खेलमा बंगलादेशसँग पराजित</span>

काठमाडौं । नेपाल साफ यू-२० महिला च्याम्पियनसिपको दोस्रो खेलमा बंगलादेशसँग पराजित भएको छ । दोस्रो हाफमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले घरेलु टोली बंगलादेशलाई २—२ को बराबरीमा ल्याएपनि अन्तिम मिनेटमा गोल खाँदै ३-२ ले पराजित भएको हो । पहिलो हाफमा बङ्गलादेशले २-० को अग्रता बनाएको थियो । खेलको १३औं मिनेटमा बङ्गलादेशले अग्रता बनायो । सिना जहान शिखाले गोल गरिन् । डिफेन्डर गंगा रोकायाले गोल लाईनबाट बचाएको बललाई उनले गोल गरेकी हुन् । यसपछि नेपालले बराबरी गोल फर्काउने मौका गुमायो । २८औं मिनेटमा अनिषा राईको फ्रि किक प्रहार क्रसबारमा लागेर फर्कियो । ३६ औं मिनेटमा बङ्गलादेशले अग्रता दोब्बर गर्यो । दोस्रो हाफको सुरुवातमै दुवै टोली १०—१० खेलाडीमा सिमित भए । नेपालकी डिफेन्डर सिम्रन राई र सागोरिकाले एक अर्कामाथि मुक्का बर्साएपछि रेफ्रीले दुवैलाई रातो कार्ड देखाइन् ।

 

नेपालले त्यसको केही समयमा पेनाल्टी पाएर खेलमा फर्कने अवसर पायो । अनिशा राईले गोल गर्दै खेल २—१ को स्थितिमा ल्याइन् । तर बंगलादेशले इन्ज्युरी समयको १२ औं मिनेटमा विजयी गोल गर्यो । श्रीमति तृष्णारानी सरकारले गोल गर्दै घरेलु टोलीलाई जित दिलाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्