जनता बहुमुखी क्याम्पसको भारतका दुई विश्वविद्यालयसँग शैक्षिक सम्झौता

<span class='c1'>जनता बहुमुखी क्याम्पसको भारतका</span> <span class='c2'>दुई विश्वविद्यालयसँग शैक्षिक सम्झौता</span>

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका–५ मा अवस्थित कोशी प्रदेशकै अग्रणी सामुदायिक क्याम्पस जनता बहुमुखीले भारतका दुई प्रतिष्ठित विश्वविद्यालयहरूसँग पाँच वर्षे शैक्षिक सम्झौता गरेको छ । क्याम्पसले हरियाणाको बाबा मस्तनाथ विश्वविद्यालय र राजस्थानको जेजेटी विश्वविद्यालयसँग असार २४ र २५ गते औपचारिक सम्झौता गरेको सोमबार पत्रकार सम्मेलनमार्फत जनाइएको छ ।

पत्रकार सम्मेलनमा क्याम्पस सञ्चालक समितिका अध्यक्ष विकास केसीले क्याम्पसको इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय शैक्षिक सम्झौता भएको जानकारी दिए । उनले,‘शिक्षामार्फत सहकार्य, सहकार्यमार्फत समृद्धि’ भन्ने मूल मन्त्रका साथ सम्झौता गरिएको उल्लेख गर्दै क्याम्पसलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउने अपेक्षा व्यक्त गरेका छन् ।सम्झौताको मध्यस्थकर्ता तथा प्रस्तुतकर्ता डा.वेणुप्रसाद सिटौलाले करिब एक वर्ष अगाडि क्याम्पसको तर्फबाट भारतीय विश्वविद्यालयहरूसँग सम्झौताको पहल गरेका थिए ।सात प्रमुख विश्वविद्यालयमा प्रस्ताव पठाइएपछि पाँचले सहमति जनाएका थिए । तीमध्ये दुईसँग औपचारिक सम्झौता सम्पन्न भएको हो ।

दुवै विश्वविद्यालयसँग भएको सम्झौताले विद्यार्थी तथा प्राध्यापक आदान–प्रदान, संयुक्त अनुसन्धान, पाठ्यक्रम सुधार, अन्तर्राष्ट्रिय सेमिनार तथा कार्यशाला, सांस्कृतिक सहकार्य, युथ इनोभेसन समिट, र दीगो विकास कार्यक्रमहरूलाई समेट्नेछ ।सम्झौताका क्रममा बाबा मस्तनाथ विश्वविद्यालयका कुलपति डा.एचएल वर्मा, रजिष्ट्रार डा.विनोद कुमारसहित वरिष्ठ पदाधिकारीहरूको टोली सहभागी थियो । त्यसैगरी जेजे टी विश्वविद्यालयतर्फबाट कुलपति डा.देवेन्द्र सिंह ढुलसहित प्रमुख पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।क्याम्पसको तर्फबाट सञ्चालक समितिका अध्यक्ष विकास केसी, भर्ना संयोजक चन्द्रप्रसाद भट्टराई, सहायक क्याम्पस प्रमुख राजन भट्टराई, स्ववियु सभापति सहदेव काफ्ले, बीआइसीटी प्रमुख मन्दीप भट्टराई र डा. सिटौला सहभागी थिए ।

पत्रकार सम्मेलनमा क्याम्पसले पछिल्ला दुई वर्षमा हासिल गरेका उपलब्धिहरू पनि सार्वजनिक गरिएको थियो । अध्यक्ष केसीका अनुसार इटहरी उपमहानगरको सिफारिस र सहरी विकास मन्त्रालयको पहलमा राष्ट्रिय योजना आयोगबाट बहुवर्षीय योजना अन्तर्गत छात्रावास निर्माणका लागि साढे चार करोड रुपैयाँको बजेट स्वीकृत भइसकेको छ । हाल पहिलो चरणमा एक करोड ४२ लाख रुपैयाँको निर्माण कार्य सुरु गर्न लागिएको जानकारी दिइयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्