प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै कांग्रेसभित्र विरोध, नेताहरुले गरे नेतृत्वको आलोचना

<span class='c1'>प्रतिशोधपूर्ण व्यवहार भएको भन्दै कांग्रेसभित्र</span> <span class='c2'>विरोध, नेताहरुले गरे नेतृत्वको आलोचना</span>

काठमाडौँं । नेपाली कांग्रेसका नेता एवं सांसद डा.सुनिलकुमार शर्माले पार्टीभित्र प्रतिशोधपूर्ण र औचित्यहीन गतिविधि बढेको आरोप लगाएका छन् । पार्टी नेतृत्व फरक मत राख्नेहरुलाई सिध्याउनेगरी अघि बढेको बताए । उनले पार्टीको क्रियाशील सदस्यता लिने र नवीकरण गर्नेहरुको संख्या न्यून हुँदै गएकोमा दुःख समेत व्यक्त गरे ।

 

‘नेपाली कांग्रेस केन्द्रिय अनुशासन समितिद्धारा गरिएको भनिएको प्रतिशोधपूर्ण र औचित्यहीन अनुशासनको कारबाही’का सन्दर्भमा सोमबार काठमाडौंमा आयोजित विशेष भेलामा बोल्दै उनले इश्वर भन्दा माथिकोही नहुने भन्नै सबैलाई धैर्य गर्न आग्रह गरे । उनले कांग्ेसभित्रै मन नपर्ने मान्छेलाई टिकट दिनबाट बन्चित गरिनु मात्र नभइ झुट्टा आरोप लगाएर गिरफ्तार गराउने गरिएको समेत बताए । उनले चुनावमा असहयोग गरेको भन्दै कसैको राजनीति यात्रा सिध्याउन खोेजेको समेत बताए ।

‘बसन्त भट्राई आफ्नो जीवनको आहुती दिन तयार हुनुहुन्थ्यो । त्यस्तो मान्छेहरुलाई समानुपातिकबाट हटाएर २५ पल्टसम्म चुनाव हारेका नेताहरुलाई राज्यसत्तामा ल्याइयो । उनिहरुले डा.शेखर कोइरालाको गुटलाई वा फरक मत राख्नेहरुलाई राज्यसत्ताको दुरुपयोग गरेर धम्क्याएर थुनाउने काम गरियो,’ उनले अगाडि भने,‘अदालत नभएको भए आज म तपाँईहरुको अघि म हुने थिएन । अदालतको एउटा आदेशको कारणले म तपाईहरुको अगाडि छु । न्यायशीसले विवेक नपुर्याएको भए मलाई दुई बर्षसम्म जेलमा थुनाउने योजना थियो ।’ त्यस्तै उनले विगतमा पूर्वको कांगे्रसलाई दुख्दा पश्चिमको कांग्रेसलाई दुख्थ्यो वा पीडा हुन्थ्यो तर आज पछिल्लो दशबर्षमा अवस्था विग्रिएको बताए ।

 

त्यस्तै युवा नेता गुरुराज घिमिरेले कारवाहीको फाइल अघि नबढाउने भनेर पदाधिकारीहरुबीच भएको सहमति उल्लघंन गर्दै अनुशासन समितिले चालेको कदम त्रुटिपूर्ण रहेको बताए । उनले कांग्रेसभित्र फरक मत राख्ने र महाधिवेशनमा असहयोग गरेको बहानामा अनुशासनको कारवाहीको डन्डा चलाउने काम अमान्य भएको बताए ।

 

हालै मात्र नेपाली कांग्रेसले डेढ दर्जन नेतामाथि अनुशासनको कारबाही गरेको थियो । केन्द्रीय अनुशासन समितिको बैठकले २०७९ स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा पार्टीका उम्मेदवार वा पार्टीले समर्थन गरेका उम्मेदवारका विरुद्ध असहयोग गरेको आरोप लगाउँदै कारबाही गरेको थियो । सोही निर्णय विरुद्ध डा.शेखर कोइराला समूहका नेताहरुले चर्को विरोध गर्दै आइरहेका छन् । उनीहरुले देशब्यापी कार्यक्रमहरुको आयोजना गर्दै अनुशासनको कारवाही नमान्ने चेतावनी दिंदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्