पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान विस्तार चाँडै :मन्त्री पाण्डे 

<span class='c1'>पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान</span> <span class='c2'>विस्तार चाँडै :मन्त्री पाण्डे </span>

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई दिगो रूपमा सञ्चालन गर्न विभिन्न अन्तर्राष्ट्रिय विमान सेवा प्रदायक कम्पनीहरूसँग निरन्तर छलफल र समन्वय भइरहेको जानकारी दिएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँग सम्बन्धित प्रश्नको उत्तर दिँदै मन्त्री पाण्डेले विमानस्थलको दिगो सञ्चालनका लागि आवश्यक कार्ययोजना स्वीकृत भई कार्यान्वयनमा रहेको बताए ।

 

उनले पोखरा विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न विभिन्न प्रकारका सहुलियतहरू प्रदान गरिएको र यसले उडान सङ्ख्या वृद्धि हुने सम्भावना रहेको उल्लेख गरे । हाल हिमालयन एयरलाइन्समार्फत पोखरा–ल्हासा मार्गमा नियमित उडान भइरहेको र अन्य विमान कम्पनीहरूसँग पनि समन्वय तथा छलफल गरी उडान विस्तारको प्रयास भइरहेको उनले जानकारी दिए ।

 

मन्त्री पाण्डेले नेपाल वायुसेवा निगमको संरचनागत तथा संस्थागत सुधारलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताए । उनले भने, ‘वायुसेवा निगमको विद्यमान संरचनामा व्यवस्थापकीय सुधार गर्ने, रणनीतिक साझेदार भित्र्याएर सञ्चालन गर्ने वा निगमलाई कम्पनीमा रूपान्तरण गर्ने विकल्पहरूसहित सुझावहरू प्राप्त भएका छन् । ती विकल्पहरूबारे विस्तृत अध्ययन र छलफल गरी निगमको संस्थागत र संरचनागत सुधार कार्य अघि बढाइनेछ ।’ पर्यटनमन्त्री पाण्डेले हिमाल आरोहणलाई व्यवस्थित र सुरक्षित बनाउन मन्त्रालयले उच्च प्राथमिकता दिएको बताएका छन् ।

उनका अनुसार, हालसम्म नेपाल सरकारले ४७२ वटा हिमाल आरोहणका लागि खुला गरिसकेको छ । ती हिमालहरूको प्रचार–प्रसार र प्रवद्र्धनका कार्यहरू तीव्र रूपमा भइरहेका छन् । साथै, ८ हजार मिटरभन्दा अग्ला हिमालहरूको बारेमा आधारभूत जानकारी समेटिएको पुस्तिका प्रकाशन गरी सूचना प्रवाह तथा प्रचार–प्रसारको काम भइरहेको पनि उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्