विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुन सक्छ : कृषिमन्त्री अधिकारी

<span class='c1'>विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि</span> <span class='c2'>ठूलो स्रोत हुन सक्छ : कृषिमन्त्री अधिकारी</span>

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले विकासशील राष्ट्रहरूको साझा अनुभव नै कृषिको विकासका लागि ठूलो स्रोत हुने बताएका छन् । संयुक्त राष्टसंघीय खाद्य तथा कृषि संगठन (एफएओ) ले आयोजना गरेको अन्तर क्षेत्रीय संवाद कार्यक्रममा सहभागी हुन  भियतनामको राजधानी हनोईमा रहेका मन्त्री अधिकारी एक देश एक प्राथमिक उत्पादन पहलसम्बन्धी उच्च–स्तरीय संवादमा सहभागी भएका हुन् । दुई दिन सम्म चलेको एशिया र अफ्रिकाका कृषि सँग सम्वन्धीत मन्त्री तथा वरिष्ठ सरकारी प्रतिनिधिहरू सहभागी कार्यक्रममा मन्त्री अधिकारीले प्राथमिकतामा परेका  कृषि उत्पादनहरूको विकास तथा व्यवसायीकरणका लागि एशिया र अफ्रिकी देशहरु वीच  अनुभव र सहकार्यको आवश्यकतामा जोड दिए ।

 

मन्त्री अधिकारीले भने “जलवायु परिवर्तनको असर  र बजारको समस्या बढ्दै गएको अहिलेको समयमा, विकासशील राष्ट्रहरूको साझा अनुभव नै सबैभन्दा ठूलो स्रोत हुन सक्छ”। उनले उच्च मूल्ययुक्त ठूलो अलैंची जस्ता उत्पादनहरूमा नेपालले  ध्यान दिइरहेको र यसको प्रशोधन, मूल्य अभिवृद्धि, तथा कृषि उद्यमशीलतामा  थप लगानी वृद्धि गर्नुपर्नेमा जोड दिए ।

 

यसै वीच मन्त्री अधिकारीले भियतनामका उप–कृषि तथा ग्रामीण विकास मन्त्री होआङ त्रुङसँग द्विपक्षीय भेटघाट गरी दुई देशबीच कृषि व्यापार विस्तार, प्राविधिक सहकार्य, र संयुक्त अनुसन्धानका विषयमा छलफल गरे । उनिहरु वीच जडीबुटी तथा मसला जस्ता विशेष कृषि उत्पादनहरूमा नेपाल र भियतनाम वीचको व्यापार प्रवद्र्धन ,पोस्ट–हार्वेस्ट प्रविधि, कृषि डिजिटलाइजेसन, तथा जलवायु–स्मार्ट कृषिमा प्राविधिक सहकार्य,युवा उद्यमशीलता र कृषि व्यवसाय तालिम आदान–प्रदान  लगायतका विषयमा कुराकानी भएको मन्त्री अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्