मोरङको जहदाबाट अवैध हतियार सहित दुई जना पक्राउ

<span class='c1'>मोरङको जहदाबाट अवैध हतियार</span> <span class='c2'>सहित दुई जना पक्राउ</span>

विराटनगर । मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट अवैध हतियार पेस्तोल सहित २ जना युवालाई मोरङ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रंगेली र इलाका प्रहरी कार्यालय पोखरियाको टोलीले आज बिहान ६ बजेतिर विशेष सुचनाको आधारमा घरमा नै पुगेर हतियार सहित ती युवालाई पक्राउ गर्न सफल भएको हो ।

मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार स्थानीय दिनेश मण्डलले भुस राख्नलाई टाटीबेरा र टिनको प्रयोग गरेर बनाएको छाप्रोभित्र प्लाष्टिकले बेरिएको अवस्थामा पेस्तोल लुकाइएको थियो । ‘मेड इन जापान’ लेखिएको एकथान सिक्सर पेस्तोल प्रहरीले नियन्त्रणमा लिईसकेको छ । प्रहरीले सोही स्थानबाट एकथान खुकुरी, एक थान नक र मोबाइल फोन पनि बरामद गरेको छ ।

 

उक्त हतियार लुकाएर राखेको आरोपमा प्रहरीले जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई नियन्त्रणमा लिएको छ । उनीहरूकै संलग्नतामा हतियार लुकाइएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । सोही स्थानका अर्का युवक अन्दाजी २० वर्षीय मुकेशकुमार महतो भने फरार भएका छन् । फरार महतोको पनि खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाविरुद्ध हातहतियार खरखजाना सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी गरेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्