भ्रष्टाचारमा गरेको पुष्टि भए जो सुकैलाई पनि कारबाहि हुन्छः सञ्चारमन्त्री गुरुङ

<span class='c1'>भ्रष्टाचारमा गरेको पुष्टि भए जो सुकैलाई</span> <span class='c2'>पनि कारबाहि हुन्छः सञ्चारमन्त्री गुरुङ</span>

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले भ्रष्टाचार गरेको पुष्टि भएमा जो सुकैलाई पनि कारबाहि हुने बताएका छन् ।गल्ती गर्नेलाई आँखा चिम्लिनुपर्छ भन्ने मनस्थितिमा सरकार नरहेको उनले जिकिर गरेका छन् । बुधबार सिंहदरबारमा सञ्चारकर्मीलाई निवर्तमान संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको अडियो प्रकरणबारे प्रश्नको जवाफ दिने क्रममा गुरुङले मन्त्रीले नैतिकताको आधारमा राजीनामा दिइसकेका र नयाँ मन्त्री पनि आएको बताए ।

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले अब सरकारले अनुसन्धानको प्रक्रिया अघि बढाउने र दोषी देखिए कारबाही हुने बताए । तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्ने उनको जिकिर छ । राजीनामा दिएका मन्त्रीमाथि छानबिन हुने उनले बताए । मन्त्री गुरुङले गल्ती गर्ने जो कोही भएपनि कारबाही हुने बताए ।

‘प्रश्न उठेपछि नैतिकताको आधारमा राजीनामा दिने काम भइसकेको छ । हामी सबै भ्रष्टाचारमुक्त नेपाल चाहन्छौँ । त्यसका लागि भ्रष्टाचार अन्त्य होस् भन्ने चाहन्छौँ । ‘भ्रष्टाचारी मन्त्री होस् वा कुनै सचिव वा कोही पदाधिकारी जो भएपनि त्यसमाथि कारबाही हुनुपर्छ भन्ने हामी सबैको माग हो । ‘यसमा छानबिन होला कि नहोला भन्ने प्रश्न छ । अघि बढ्दै जाला,’ उनले भने, ‘तथ्य र सत्यमा आधारित भएर सरकार अघि बढ्छ । त्यस्तो छ भने सरकारले आँखा चिम्लिनुपर्छ भन्नेकुरा रहँदैन ’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्