महिलामाथि खुकुरी प्रहार, अवस्था गम्भीर

<span class='c1'>महिलामाथि खुकुरी प्रहार,</span> <span class='c2'>अवस्था गम्भीर</span>

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका–६ गुप्तेश्वरमा एक महिलामाथि खुकुरी प्रहार भएको छ । स्थानीय ३२ वर्षीय रजिन सुनुवारले पारिवारिक नातापर्ने २७ वर्षीया एलिसा सुनुवारलाई बुधबार साँझ खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका हुन् । घटनापछि गम्भीर अवस्थामा रहेकी एलिसालाई आज बिहान हेलिकप्टरमार्फत काठमाडौं लगिएको र अहिले काठमाडौं मेडिकल कलेज अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कौशल न्यौपानेले जानकारी दिए ।

 

खुकुरी प्रहारपछि फरार रहेका रजिन सुनुवारलाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार जिल्ला प्रहरी कार्यालय मन्थलीमा ल्याएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्