विराटनगर । विराटनगरमा सोवर एक्सन नेपाल ,रुटिन अफ नेपाल बन्द,एनसल फाउन्डेसन र दारी कल्वको को सहकार्यमा सञ्चालित प्रोजेक्ट शिक्षा अन्तर्गत देश भरिकै ११० जना विद्यार्थीका लागि छात्रवृत्ति उपलब्ध गराउने उद्देश्यले बिहीबार गोग्रहा माध्यमिक विद्यालय, विराटनगर–४ मा लिखित परीक्षा सञ्चालन गरिएको छ।

कोशी प्रदेशबाट छात्रवृत्ति कार्यक्रममा आवेदन दिने ११५ जनामध्ये ७६ जना विद्यार्थी परीक्षा प्रक्रियामा सहभागी भए। विराटनगरका सक्रिय सामाजिक संस्था स्रष्टा नेपाल, बरगाछी युवा समूह तथा सय ग्रुपको सक्रिय उपस्थिति रहेको थियो।
प्रोजेक्ट शिक्षा मार्फत यस वर्ष देशभरिबाट आर्थिक रूपमा कमजोर पृष्ठभूमिका विद्यार्थीहरूलाई काठमाडौंमा +२ तहमा अध्ययन गर्न छात्रवृत्ति प्रदान गरिनेछ।
यस कार्यक्रमअन्तर्गत पूर्ण छात्रवृत्ति प्राप्त ६० जना मध्ये ३० पुरुष र ३० महिला विधार्थीका का लागि खाना र होस्टेल,शैक्षिक शुल्क निशुल्क हुनेछ । साथै आंशिक छात्रवृत्ति ५० जना विधार्थीको लागि शैक्षिक शुल्क मात्र निशुल्क हुुनेछ ।
“आवश्यक युवाहरूको लागि शिक्षाको लागि एक युवा पहल” भन्ने नाराका साथ सञ्चालन गरिएको यो कार्यक्रमले ग्रामीण तथा दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्रदान गर्ने विश्वास आयोजक संस्थाहरूले व्यक्त गरेका छन्। छात्रवृत्ति अन्तिम छनोट सूची शुक्रवार सार्वजनिक गरिनेछ।