प्रेम देवान
विराटनगर । विराटनगरका सडकमा अहिले २२ हजार २५५ थान विजुलीका पोल संख्या छ । त्यति कै मात्रामा पोलहरुमा विजुलीका बत्तीहरु लगाएको पनि छ । विराटनगर महानगरपालीकाले रातको समयमा सडक सुरक्षाका लागि विधुतीय पोलमा बत्तीहरु जडान गरेको हो । तर जडान गरेका सबै पोलमा बत्तीहरु पटक – पटक बिग्रँदा नगरवासीहरु अन्धकारमा हिँड्न वाध्य भएका छन् ।

विराटनगरको ढाटदेखी रानी र पुष्पलाल चौकदेखी रोडशेष हुदै कोशी प्रोजेक्ट सडक खण्ड हुदै रानी सम्म विराटनगर महानगरपालीकाको क्षेत्राअधिकारमा रहेर रेखदेख हुने गरेको छ । त्यसबाहेक विराटनगरका अन्य भित्री भागहरु प्रत्येक वडालाई नै क्षेत्राधिकारको जिम्मेवारी दिएको छ । मुख्य सडकको भन्दा भित्री सडकका विधुतीय पोलमा बत्ती बिगँ्रदा आम नगरवासीले पिडा भोग्न वाध्य छन् । विराटनगर १३ सैनिक टोलका स्थानिय लक्ष्मी राय भन्छन्,“सडकमा बत्ती बल्दैन, साँझपख हिँड्न डर लाग्छ, धेरै ठाउँ त यस्तो छ, जहाँ महिनौंदेखि पोलमा बत्ती छैन ।” अधिकांश बत्तीहरु बिग्रिएर नबल्दा सडक अँध्यारो भएपछि मोवाईलको लाईट बालेर हिड्नुपर्ने वाध्यत छ । अझ विजुलीको पोलमा बत्ती नहुँदा महिला, स्कुले बालबालिका र ज्येष्ठ नागरिकलाई अन्धकार सडकमा हिँड्नु जोखिमपूर्ण हुने गरेको गृहणी महिलाहरुको गुनासो बढी मात्रा हुने गरेको छ ।

पोलको बत्ती विग्रेको १५ — २० दिन भईसक्यो तर बनाउन आएका छैनन् , बर्खाको समयमा त झन् हामीलाई भन्दा पनि नानी केटाकेटीहरुलाई समस्या हुने गरेको विराटनगर १२ की सर्मिला बन्जरा ( पन्त ) को गुनासो छ । बन्जरा भन्छिन्,’ “आफुहरु रातको समयमा डिउटीबाट आउदाँ बाटो अध्यारो हुँदा ठुलो समस्या हुने गरेको छ ” महानगरपालिकाले उज्यालो विराटनगर भन्ने अभियान नै बोकेर हिडेको छ । तर जडान गरेका यिनै बत्तीहरू लामो समयसम्म बल्ने त के, जडान गरिएको केही महिनामै विग्रिने क्रम बढ्दो छ । जसका कारण साँझपख र रातिको समयमा हिँडडुल गर्न नगरवासीले समस्या झेल्दै आएका छन् ।

बत्ती मर्मतको नाममा ठुलो चलखेल हुने गरेको वडावासीको गुनासो छ । ठेकदार फेरिन्छन, बजेट छुट्याइन्छ तर समस्या जस्ताको तस्तै हुने गरेको उनीहरुको भनाई छ । कतिपयले महानगरभित्र बत्ती मर्मतका लागि बजेट खर्च भएपनि काम समयमै नगर्ने र गुणस्तरीय सामान नहुनाले बत्ती बिग्रिने गरेको वडावासीले आरोप छ ।

विराटनगर महागरपालीको विधुत शाखाको २०७९ सालको तत्याङ्गक अनुसार २२ हजार २५५ वटा विजुलीको पोल रहेको छ । तर ३ बर्ष यता थप गरिएका पोलहरुको संख्याको रेर्डक राखेको छैन । विराटनगर महानगरपालीकाका विधुत महाशाखा प्रमुख अनिल सिंहका अनुसार हामीसँग कम बजेट भएका कारण भने जस्तो बत्तीहरु खरिद गर्न सकिएको छैन । अहिले बर्खाको समयमा पोलका बत्तीमा पानी छिर्ने र चाडै बत्तीहरु विग्रने गरेको सिंह बताउछन् । वडाको बत्तीहरु लगाउन वडालाई जिम्मेवारी दिएका कारण वडाले नै ध्यान दिनुपर्ने सिंहको भनाई छ । यता विराटनगर महानगरपालिका वडा नम्बर ११ का विधुत लाईन मेन गुलाव साहका अनुसार, आफ्नो वडामा जहाँ वडावासीको जनगुनासो आउन साथ तत्काल हामी पुगेर विधुतको पोलमा बत्ती हाल्ने गरेका छौँ । साहले भने,’ “बत्ती अरु वडामा बिग्रीएको होला तर हाम्रो वडामा भने कहिल्यै बिग्रदैन किनभने हामीले खरिद गरेको बत्ती एक बर्ष सम्म ग्यारेन्टी हुने गरेको छ । ”