कोशीका सबै जिल्लामा पूर्वाधार कार्यालय खोल्ने अभियान, सुनसरी र खोटाङमा उद्घाटन

<span class='c1'>कोशीका सबै जिल्लामा पूर्वाधार कार्यालय खोल्ने</span> <span class='c2'>अभियान, सुनसरी र खोटाङमा उद्घाटन</span>

इटहरी । कोशी प्रदेश अन्तरगत सुनसरी र खोटाङ जिल्लामा पूर्वाधार विकास कार्यालयको उद्घाटन गरिएको छ । सुनसरीमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की र खोटाङमा सरकारका भौतिक पूर्वाधार विकास तथा स्वास्थ्य मन्त्री भूपेन्द्र राईले कार्यालय भवनको उद्घाटन गरेका हुन् । कोशी प्रदेशमा आजदेखि सबै जिल्लामा भौतिक पूर्वाधार कार्यालय स्थापना गरिएको  मुख्यमन्त्रीले सचिवालयले जनाएको छ ।

 

सचिवालयका अनुसार कोशी प्रदेशका सबै जिल्लामा पूर्वाधार निर्माणका कामलाई व्यवस्थित र सहज ढङ्गले सञ्चालन गर्न प्रदेश सरकारले पूर्वाधार कार्यालयहरू सुरु गरेको हो । मुख्यमन्त्री कार्कीले सुनसरीको कार्यालय उद्घाटन गर्दै नागरिकको घर नजिकको प्रदेश सरकारको कामलाई प्रत्यक्ष रूपमा जनतालाई महसुस गराउने उद्देश्यसहित प्रदेशका १४ वटै जिल्लामा पूर्वाधार विकास कार्यालय स्थापना गरेको बताए ।

 

उनले प्रदेश सरकारको विकासको कामलाई तत्कालै अगाडि बढाउने र स्थानीयको प्राथमिकताको बोध गर्दै  सरकारको योजना अनुसार कार्यालय स्थापना गरेको उल्लेख गरेका छन् । कार्यालय स्थापना भएसँगै चालु आर्थिक वर्षमा गर्नु पर्ने कामहरु असोज महिनाभित्रमा अगाडि बढाउन कर्मचारीलाई निर्देशन दिँदै अब जिल्ला जिल्लामा कार्यालय स्थापना भएपछि असारे विकासको प्रथा पनि अन्त्य हुने विश्वास समेत व्यक्त गरेका छन् ।

 

यसैगरी बिहीबार नै मन्त्री राईले खोटाङमा कार्यालय उद्घाटन गरे । तालिका अनुसार साउन साउन २ गते सोलुखुम्बु, ४ गते तेह्रथुम र ५ गते ताप्लेजुङमा कार्यालय उदघाटन गर्ने कार्यक्रम रहेको छ । यसअघि प्रदेशमा सहरी विकास कार्यालय र पूर्वाधार कार्यालय गरेर नौवटा मात्रै कार्यालय थिए । अब सबै जिल्लामा एउटा एउटा गरेर १४ वटा पूर्वाधार कार्यालय हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्