सिरहाको एक घरबाट ७१७ किलो गाँजा बरामद, घरधनी फरार

<span class='c1'>सिरहाको एक घरबाट ७१७ किलो</span> <span class='c2'>गाँजा बरामद, घरधनी फरार</span>

सिरहा । सिरहाको सुखीपुर नगरपालिका–४ पोखरिया स्थित एक घरमा लुकाई राखिएको ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ । बरामद गाँजाको तौल ७१७.६ किलोग्राम रहेको छ भने घरधनी फरार रहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको हो । गोप्य सूचनाको आधारमा २०८२ साल साउन २ गते बिहान ६ बजे प्रहरी चौकी सिलौर्वा पछवारीका प्रमुख प्रहरी सहायक निरीक्षक नन्दु राउतको कमाण्डमा चार जना प्रहरी र सशस्त्र प्रहरी बल बेसक्याम्प सुखीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक अनिल कुमार यादवको कमाण्डमा चार गरी आठ जनाको संयुक्त टोली खटिएको थियो ।

 

टोलीले पोखरिया निवासी करिब ६० वर्षीय मेदी यादवको घरमा छापा मार्दा घरभित्र २६ वटा पोका गाँजा फेला परेको थियो । पछि थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षक राज यादवको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो ।  शुक्रबार बिहान थप १ पोका गाँजा फेला परेपछि बरामद पोका संख्या २७ पुगेको छ, जसको कुल तौल ७१७.६ केजी रहेको प्रहरीले जनाएको छ । हाल घरधनी मेदी यादव फरार रहेका छन् र खोजी कार्य जारी रहेको छ ।

 

बरामद गाँजा तथा आवश्यक अनुसन्धानका लागि सम्बन्धित कानुनी प्रक्रिया पूरा गरी जिल्ला प्रहरी कार्यालय सिरहा पठाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्