सोधपुछका लागि बोलाएर प्रहरीले निर्घात कुटपिट गरेको मजदुरको आरोप

<span class='c1'>सोधपुछका लागि बोलाएर प्रहरीले निर्घात</span> <span class='c2'>कुटपिट गरेको मजदुरको आरोप</span>

विराटनगर । विधुत लाईनमा काम गर्ने ३ जना श्रमिक मजदुरलाई सोधपुछको नाममा प्रहरीले निर्घात कुटपिट गरेको भन्दै कारबाहीको माग राखेका छन् । पीडितहरूका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर ( पीट ) विभागबाट खटिएका सादा पोसाकका दावा सेर्पा भनिने प्रहरी हल्लदारले पाइप र बुट प्रयोग गरी आफुहरु माथी आक्रमण आरोप लगाएका छन् ।

पछिल्लो समय कोशी प्रदेशका विभिन्न स्थानहरुमा विधुतीय ट्रान्सफमर एकपछि अर्को चोरी हुन थालेपछि नेपाल विधुत प्राधिकरण कोशी प्रदेशले प्रहरीसँग चोरीमा संलग्नहरुको खोजी गरिदिन आग्रह गरेको थियो । यसैक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले एउटा समुह गठन गरी विधुतीय ट्रान्सफमर चोरीमा संलग्नहरुको खोजीमा लागेको थियो । प्रहरीले आफ्नो अभियानलाई अगाडी बढाउने क्रममा बुढीगंगा गाउँपालिका–४ का ३९ वर्षीय नासिर मिया, ३० वर्षीय कासी शर्मा र ३४ वर्षीय रमान मियालाई बिहीबार सोधपुछका लागि बोलाए ।

इलाका प्रहरी कार्यालय (इप्रका), रानीको परिसरभित्रै तीन जनालाई बोलाईयो । त्यही क्रममा हिरासतमा लिएर निर्घात कुटपिट गरिएको उनीहरुको आरोप छ । उनीहरू ‘जनसेद मिया मल्टिप्रपोज प्रालि’ नामक कम्पनीमा कार्यरत मजदुर रहेका थिए । कम्पनीका सञ्चालक जनसेद मियाका अनुसार पछिल्लो समय बढेको ट्रान्सफर्मर चोरीका घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले उनीसहित १० जनालाई बोलाएको थियो ।

अरु ७ जनालाई भने सामान्य सोधपुछ पछि छाडियो तर तीन जनालाई छुट्टाछुट्टै कोठामा लगेर ‘ट्रान्सफर्मर कसले चोर्यो ?’ भन्दै कुटपिट गरिएको पीडित पक्षको दाबी छ । डरले चुपचाप घर फर्किए पनि नासिरको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई कोशी अस्पताल भर्ना गरिएको हो । उपचारमा संलग्न चिकित्सकका अनुसार, नासिरको कानको नसाँ र टाउकोमा भित्री चोट लागेको आशङ्कामा सिटी स्क्यान गरिएको छ । यद्यपि स्वास्थ्य जाँचको रिपोर्ट आउन बाँकी छ । अन्य दुई जनाको अवस्था सामान्य छ । यता, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता डिएसपी कोपिला चुडालका अनुसार घटनाबारे हामीलाई भर्खरै जानकारी प्राप्त भएको छ । ‘घटना के विषयमा भएको प्रारम्भिक चरणमा हामी बुझ्न् प्रकृयामा नै छौँ, डिएसपी चुडालले भन्नुभयो,’ दुवैपक्षसँग कुरा बुझेर घटनाको वास्तविता बाहिर आउनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्