राजनीतिमा सकारात्मक चेतनाको खाँचो छ : मन्त्री राई

<span class='c1'>राजनीतिमा सकारात्मक चेतनाको खाँचो</span> <span class='c2'>छ : मन्त्री राई</span>

काठमाडौं । रक्षामन्त्री मानवीर राईले समकालीन राजनीति र साहित्यको भूमिकाबारे धारणा सार्वजनिक गरेका छन् । शनिबार राजधानीमा आयोजित कवि उमेश अकिञ्चनद्वारा लिखित कविता संग्रह ‘सायद किनाराहरु’को लोकार्पण गर्दै मन्त्री राईले अहिलेको समयमा राजनीतिज्ञ र कर्मचारीहरूमाथि आलोचना र गालीको संस्कृति हावी भइरहेको बताएका हुन् । उनले भने, ‘आज देशमा राजनीतिकर्मीहरुलाई, कर्मचारीलाई गाली गर्ने गरिन्छ । कति मान्छे गाली गर्न लायक छन् राजनीतिमा । राजनीति त स्वभाविक रुपमा प्रतिस्पर्धा गर्ने भएकाले एकले अर्कालाई कुनै कमजोरी भेट्यो भने त सबैभन्दा राम्रो तर कमजोरी नभेट्दा पनि तल झार्ने काम गर्ने गरिन्छ ।’ उनले राजनीति प्रतिस्पर्धात्मक प्रक्रिया भएकाले आलोचना स्वाभाविक भएपनि निराधार आरोपले नकारात्मक असर पार्ने बताए ।

 

 

साहित्य र कविताको महत्वबारे बोल्दै राईले परिवर्तनका हरेक चरणमा कवि, साहित्यकार र लेखकहरूको गहिरो योगदान रहेको उल्लेख गरे । उनले राणाकालको अन्त्यदेखि लिएर वर्तमान परिवर्तित राजनीतिक अवस्थासम्म आइपुग्दा साहित्यिक हस्तीहरूको भूमिका उल्लेखनीय रहेको बताए ।

 

उनले भने, ‘कविले एउटा कविता मात्रै प्रस्तुत गर्दैन । समाजमा आफ्ना कविताहरु मार्फत समाजलाई चेतना जोगाउने, सचेत गराउने काम गर्छ । हिजो राणाकाललाई राणा शासन अन्त्य गर्नेदेखि लिएर आजसम्मको परिवर्तनमा कविहरुको, साहित्यकारहरुको, लेखकहरुको भूमिका महत्वपूर्ण छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्