पाँच वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची

<span class='c1'>पाँच वटा संसदीय समितिको</span> <span class='c2'>बैठक बस्दै,यस्तो छ कार्यसूची</span>

काठमाडौँ । आज संघीय अन्र्तगतका संसदका पाँच समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका कानुन, न्याय तथा मानव अधिकार समिति, महिला तथा सामाजिक मामिला समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ । आज दिउसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विश्वव्यापी आवाधिक समिक्षा सम्बन्धमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसँग छलफल हुने कार्यसूची रहेको छ । महिला तथा सामाजिक मामिला समितिका बैठक बिहान ११ बजे बस्दै छ।  बैठकमा मधेशी ायोगको  वार्षिक प्रतिवदेन (आ.व २०८०÷८१) माथि छलफल हुने कार्यसूची रहेको छ ।

 

त्यसैगरी आज बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि सैदान्तिक छलफल हुने कार्यसूची रहेको छ । दिउसो १ बजे बस्ने राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल हुने कार्यसूची रहेको छ ।

 

त्यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान साढे ११ बजे बस्ने छ । बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित प्रतिवेदनमाथि छलफल हुने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्