अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपालीहरुले प्रतिभा देखाउन अवसर पाएका छन् : सभामुख

<span class='c1'>अन्तर्राष्ट्रिय रियालिटी शोमार्फत नेपालीहरुले प्रतिभा देखाउन</span> <span class='c2'>अवसर पाएका छन् : सभामुख</span>

काठमाडौं । सभामुख देवराज घिमिरेले इन्ट्रा नेशनल वेलफेयर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाको आयोजनामा सञ्चालित अन्तर्राष्ट्रिय नेपाली रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’र ‘मेरो डान्स युनिभर्स’मा सहभागी कलाकारहरूसँग साक्षात्कार गरेका छन् । विभिन्न मुलुकबाट नेपाल आएका कलाकारहरूसँगको कार्यक्रममा उनले नेपाली कला, संस्कृति र संस्कारको महत्वमाथि जोड दिएका हुन् । सभामुख घिमिरेले भने, ‘हामी जुन मुलुकमा जन्मियौं, त्यसको एउटा पहिचान हाम्रा संस्कार, संस्कृति, कला र साहित्य हुन् । यी सबैले हामीलाई संसारको जुन ठाउँमा भए पनि आपसमा जोडिराख्छ ।’ उनले अन्तर्राष्ट्रिय नेपाली रियालिटी शोले नेपाली युवाहरूमा रहेको प्रतिभालाई उजागर गर्ने अवसर दिएको बताए । ‘यो प्लेटफर्मले प्रतिभा विकाससँगै अन्य विविध क्षेत्रको विकासमा पनि टेवा पुर्याउँछ । साथै, संसारभर छरिएर रहेका नेपालीहरूलाई नेपालीपनको परिचय दिने काम पनि यसले गरिरहेको छ,’ उनले भने ।

 

सभामुख घिमिरेले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा सांस्कृतिक पहिचानमार्फत चिनाउन सकिने सम्भावनातर्फ पनि ध्यानाकर्षण गराएका थिए । कार्यक्रममा शोमा सहभागी भएका विभिन्न मुलुकका कलाकारहरूको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्