राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त

<span class='c1'>राष्ट्रिय विधि, विज्ञान प्रयोगशालालाई सरकारले सहयोग</span> <span class='c2'>गर्छ, हस्तक्षेप गर्दैन : मन्त्री पन्त</span>

काठमाडौं । शिक्षामन्त्री रघुजी पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा सरकारले लगानी गरेपनि प्रयोगशालाको दैनिक काममा मन्त्रालयको हस्तक्षेप नरहने बताएका छन् । आइतबार बसेको विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै उनले प्रयोगशालामा सरकारले लगानी गर्ने तर हस्तक्षेप नगर्ने बताएका हुन् । मन्त्री पन्तले राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयकमा आएका प्रस्तावहरु ठिक रहेको धारण व्यक्त गरे ।

 

उनले भने,‘ ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको दैनिकी काममा मन्त्रालयले हस्तक्षेप नगर्ने ढङगले काम गर्छ । तर यसमा लगानी नेपाल सरकारले गर्ने रसरकारसँग सम्बन्धित विभिन्न निकायका कामहरु पनि यसले गर्ने भएको हुँदा जे यसमा आएको छ त्यो नै प्रमुख विषय हो । अरु शैक्षिक संस्था जस्तो होइन् । विधेयकमा जे प्रस्तावित भएको छ त्यो ठिकै छ ।’ उनले विज्ञान प्रयोगशाला आफंैमा मंहगो हुने भन्दै सातवटा प्रदेशहरुमा पनि आवश्यकता रहेको बताए ।

 

‘विज्ञान प्रयोगशाला मंहगो हुन्छ । यसका सामग्रीहरु मंहगो हुन्छन् । त्यसैले यो प्रदेशहरुमा पनि जानुपर्छ,’ उनले भने । यस्तै समितिका सदस्य बेदुराम भुसालले विधेयक बनाउँदा नियमावली, कार्यनीति स्पष्ट हुनुपर्ने बताए । उनले ऐनमा नभएकालाई नियममा नियममा नभएको कुरा विनियम बनाएर सुविधा खाने गरेको पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्