तीन वटा संसदीय समितिको बैठक बस्दै,यस्तो छ कार्यसूची

<span class='c1'>तीन वटा संसदीय समितिको</span> <span class='c2'>बैठक बस्दै,यस्तो छ कार्यसूची</span>

काठमाडौँ । आज संघीय अन्तर्गतका संसदका तीन समितिको बैठक बस्दैछ । आज प्रतिनिधि सभाका महिला तथा सामाजिक मामिला समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र राष्ट्रिय सभाका विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । आज बिहान ११ बजे सिंहदरबारमा बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा राष्ट्रिय बाल अधिकार परिषद् द्वारा प्रकाशित बालबालिका सम्बन्धी राष्ट्रिय प्रतिवेदन २०८१ माथि छलफल गरिने कार्यसूची रहेको छ । यस्तै, दिनको २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा मिडिया काउन्सिल विधेयक माथि संशोधनकर्तासँग छलफल गरिने कार्यसूची रहेको छ ।

 

यसैगरी विधायन व्यवस्थापन समितिको ९५ औँ बैठकमा आज जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल गरिनेछ । बैठक दिनको २ बजे भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्