अधिकारका कुरा गर्दा जिम्मेवारीलाई भुल्न हुँदैन : मन्त्री सिंह

<span class='c1'>अधिकारका कुरा गर्दा जिम्मेवारीलाई भुल्न</span> <span class='c2'>हुँदैन : मन्त्री सिंह</span>

काठमाडौं । सहरी विकासमन्त्री प्रकाशमान सिंहले अधिकारका कुराहरु गरिरहँदा आफ्‌नो जिम्मेवारीलाई भूल्न नहुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाल टेलिकम वर्कर्स युनियनको ३८ औं वार्षिकोत्सव समारोहमा बोल्दै उनले अधिकारका कुराहरु उठाउँदै गर्दा निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु भुल्न नमिल्ने धारणा राखे । उनले भने,‘हामीले अधिकारको कुरा गर्दै गर्दा के चाँही बुझ्‌नुपर्छ भने अधिकारसँगै जिम्मेवारीको पनि कुरा आउँछ । अधिकारका कुराहरु पनि उठाउनुपर्छ । तर त्यो सँगै निर्वाह गर्नुपर्ने जिम्मेवारीहरु हुन्छन् ,तीनका बारेमा पनि सोच्नपर्छ ।’ त्यस्तै युनियन उठाएका विषय र मुद्दाहरु अत्यन्तै प्रष्ट एवम महत्वपूर्ण रहेको बताउँदै त्यसमा सरकार गम्भीर रहेको बताए ।

 

मन्त्री सिंहले मंगलबार नै बीपी कोइरालाको स्मरण गर्दै सिद्धान्त, आदर्शवादबाट विचलित नभइ दुःखकष्ट सहेर जनतालाई प्रजातान्त्रिक अधिकार दिलाउन बीपीले धेरै संघर्ष गरेको स्मरण गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्