जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर : मन्त्री सिंह

<span class='c1'>जनकपुरधामको समुचित विकासका लागि सहरी विकास</span> <span class='c2'>मन्त्रालय तत्पर : मन्त्री सिंह</span>

जनकपुर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालय तत्पर रहेको बताएका छन् ।

बुधबार जनकपुरधाममा सीता पुष्पवाटिका (मणिमण्डप) को समुद्घाटन समारोहमा बोल्दै मन्त्री सिंहले जनकपुरधामको समुचित विकासका लागि सहरी विकास मन्त्रालयले विभिन्न एतिहासिक र धार्मिक मान्यता बोकेका संरचनाहरुको निर्माण गरेको बताए ।

 

उनले धार्मिक र पर्यटकीय स्थलहरुको प्रचार प्रसार भारत र नेपालमा मात्र नभई सम्पूर्ण विश्वमा गर्नु पर्नेमा लागि पर्न आवश्यक रहेको उल्लेख गरे । उनले जनकपुरधाम सिता माता र भगवान रामको विवाह स्थल भएकाले यस क्षेत्रलाई म्यारेज डेस्टिनेसनको रुपमा विकास गर्ने तर्फ लग्नुपर्नेमा जोड दिए । त्यसका लागि आवश्यक भौतिक संरचना र सुविधाहरुको विकास गर्न पहल आवश्यक रहेको उनले धारणा राखे ।

 

मन्त्री सिंहले मणिमण्डपको नयाँ भवन सहरी विकास मन्त्रालयले निर्माण गरे पनि यसको संरक्षणका लागि स्थानीयवासी र स्थानीयतहलाई ध्यान दिन आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्