सुनसरीमा जग्गा विवादका कारण छोराले गरे बुबाको हत्या

<span class='c1'>सुनसरीमा जग्गा विवादका कारण</span> <span class='c2'>छोराले गरे बुबाको हत्या</span>

विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिका–२ मा जग्गासम्बन्धी विवादले उग्र रूप लिँदा एक छोराले आफ्नै बुबाको हत्या गरेका छन् । बुधबार बिहान मोहम्मद रियाज अन्सारीले आफ्ना ६० वर्षीय बाबु सचिव अन्सारीको छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ।

 

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार रियाजले बाबुको छाती र ढाडमा छुरा प्रहार गरेका थिए । गम्भीर घाइते भएका सचिवलाई विराटनगरको गोल्डेन अस्पताल लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको हो । प्रहरीले हत्यामा संलग्न छोरा मोहम्मद रियाज अन्सारीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको छ ।

 

प्रारम्भिक अनुसन्धानमा घरायसी जग्गा विवाद नै घटनाको मुख्य कारण देखिएको प्रहरीले जनाएको छ । स्थानीयका अनुसार मृतक सचिव अन्सारी शान्त स्वभावका थिए, तर परिवारभित्र सम्पत्ति बाँडफाँटका विषयमा लामो समयदेखि विवाद चल्दै आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्