आजको मौसमःयी भू–भागमा वर्षाको सम्भावना

<span class='c1'>आजको मौसमःयी भू–भागमा</span> <span class='c2'>वर्षाको सम्भावना</span>

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो र राति देशका अधिकांश भू–भागमा वर्षा हुने सम्भावना रहेको छ। महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव कमजोर अवस्थामा छ भने मनसुनको न्यून चापीय रेखा औसत स्थानको दक्षिणतर्फ अवस्थित छ। आज दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा सामान्यतया बदली रहनेछ। बाँकी प्रदेशहरूमा भने आंशिक बदलीको सम्भावना छ। यी पाँचवटै प्रदेशका पहाडी भू–भागका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ।

 

त्यस्तै आज राति कोशी, मधेश र बागमती प्रदेश लगायत देशका पहाडी भू–भागमा सामान्य बदली रहनेछ। बाँकी क्षेत्रहरूमा भने आंशिक बदली रहनेछ। कोशी, मधेश र बागमतीका केही स्थानमा र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा को सम्भावना रहेको महाशाखाकाले जनाएको छ। कोशी प्रदेशको पहाड र तराई, साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा को पनि सम्भावना रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्