सरकार दमनकारी शैलीमा चलिरहेको छ ः सांसद कार्की

<span class='c1'>सरकार दमनकारी शैलीमा चलिरहेको</span> <span class='c2'>छ ः सांसद कार्की</span>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले बिहीबारको प्रतिनिधिसभा बैठकमा सरकारप्रति कडा आलोचना गरेकी छिन् । उनले वर्तमान सरकार जनभावनाको विरोधमा दमनकारी शैलीमा अगाडि बढिरहेको आरोप लगाएकी हुन् । उनले भनिन्, ‘यो सरकार एक वर्षदेखि सत्तामा छ, तर उसले गरेको बाचा–प्रतिबद्धतामध्ये कुनैपनि पूरा गर्न सकेको छैन । त्यसैले अब सरकारको औचित्य समाप्त भइसकेको छ । संविधान संशोधनको कुरा गरेर सत्तामा पुगेको सरकारले अहिले मान्छे र सरकारी निकायको बेचबिखनलाई उपलब्धी मानेको देखिन्छ ।’ भिजिट भिसा प्रकरणबारे बोल्दै उनले सरकारको दृष्टिकोणप्रति असन्तुष्टि व्यक्त गरिन् । ‘दुई महिनादेखि भिजिट भिसा प्रकरणलाई लिएर हामी आन्दोलनमा छौं,’उनले भनिन्,‘तर छानबिनको नाममा बनेको समिति बाँदरको पुच्छर जस्तै भएको छ — न लौरो, न हतियार । त्यसैले हामी संसदको कारवाहीमा सहभागी भएका छैनौं ।’

 

सांसद कार्कीले संसदमा प्रमुख दलहरुले सरकारको मनोमानीलाई मौन समर्थन गरिरहेको समेत आरोप लगाइन् । ‘हामी बहिष्कारमा छौं तर सरकार भने हाईसन्चो भएजस्तो प्रस्तावहरु सर्वसम्मतिले पारित गर्दैछ,’ उनले थप भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्