विराटनगरमा थपिदैछन् दुईवटा पाँचतारे होटल, रोयल्टन र द एक्सिस

<span class='c1'>विराटनगरमा थपिदैछन् दुईवटा पाँचतारे होटल,</span> <span class='c2'>रोयल्टन र द एक्सिस</span>

विराटनगर । विराटनगरमा पाँच अर्ब बढी लगानीमा दुईवटा पाँचतारेस्तरका होटल खुल्ने भएका छन् । विराटनगर–४ स्थित एयरपोर्ट मोडमा पूर्वकै सफल उद्योगी राजेन्द्र राउतको रोयल्टन र विराटनगर–६ ब्रम्हपुरामा बिजय चौधरीको ‘द एक्सिस होटल’ खुल्ने भएका हुन् ।

यी दुईमध्ये रोयल्टनमा उद्योग राउत घरानाले २ अर्ब ५५ करोड लगानी गर्ने तयारी गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष समेत रहनु भएका लगानीकर्ता राउतका अनुसार आगामी भदौदेखि रोयल्टनको निर्माण प्रक्रिया सुरु हुनेछ । जुन परियोजना कोशी प्रदेश सरकारको लगानी सम्मेलनमा समेत सम्झौता भएकोमा पर्दछ ।

उद्योगी राउतले प्रदेश सरकारसँग सम्झौता भए अनुसार कानुनी प्रावधानमा सहजीकरण भएमा यसको निर्माण प्रक्रिया भदौदेखि शुभारम्भ हुने बताउनुभयो । लगानी सम्मेलनमा प्रस्तुत भएको परियोजनामा सरकारले गर्नुपर्ने कानुनी सहजीकरण बाहेक यसमा राउत परिवारको लगानी हुनेछ । जसमा १०५ वटा कोठा भएको अत्याधुनिक पाँचतारे होटल विराटनगरमा दुईवर्ष भित्र सञ्चालनमा आउनेछ ।

यसैगरी विराटनगर–६ ब्रम्हपुरामा विजय चौधरीको ‘द एक्सिस’ होटल पनि चालु आर्थिक वर्षको वर्षातपछि निर्माण सुरु हुनेछ । चौधरीका अनुसार अहिलेसम्म २ अर्ब ८७ करोड लागत अनुमान गरिएको छ । होटल निर्माणका लागि कानुनी प्रक्रिया पुरा गरेर साझेदार लगानीकर्ताको प्रतिक्षामा रहेको उनले बताउनुभयो । एक्सिस होटलमा रेस्टुरेन्ट, स्विमिङपुल, बार, जिम, ब्युटी पार्लर, साउना, सेमिनार हल, बेन्क्वीट हल, मिटिङ हल रहने हुनेछ । जम्मा साढे सात बिघा जग्गा यसका लागि तयार रहेको र त्यसमध्ये पाँच बिघा क्षेत्रफल होटलले ओगट्ने चौधरीले जानकारी दिनुभयो ।

होटल निर्माणको कानुनी प्रक्रिया अनुसार यसको डिजाइन, वातावरणीय प्रभाव मूल्यांकनसहितका काम सकिएको छ । चारवटा भवन र २१५ कोठामा ३५० बेड रहने होटल प्रारम्भिक चरणको शुभारम्भ हुँदा ११५ कोठाको हुनेछ । पछि त्यसका लगानी थप्दै लैजाने चौधरीले बताउनुभयो । अहिलेसम्म म यसको एकलौटी लगानीकर्ता हो, चौधरीले भन्नुभयो–लगानी सम्मेलनमा प्रस्तुत भएको परियोजनामा लगानी प्राधिकरणले साझेदार लगानीकर्ता समेत जुटाउने आश्वासन दिएको छ, यद्यपी अहिलेसम्म कुनै कुरा मसम्म आएको छैन । द एक्सिस होटलको अपरेसनका लागि अन्तर्राष्ट्रियस्तरको होटल म्यानेजमेन्ट कम्पनीसँग सम्झौता गर्ने तयारी समेत गरिएको छ ।

कोशी प्रदेश पछिल्लो समय तारे होटलको हब बन्दै गएको छ । झापाको धुलाबारीमा पाँचतारे होटल मेची क्राउनको स्थापनासँगै सुरु भएको होटलको तारे अभियान किंग्स बेरीदेखि होटल गरिमा, होटल विगसम्म विस्तार भएको छ । विराटनगरमा नयाँ थपिने दुई होटलसँगै यहाँ पाँचतारेको संख्या बढ्नेछ । अहिले इटहरीमा रमदा, धुलाबारीमा पाँचतारे स्तरको इस्टर्न होटल निर्माणाधीन छन् । इटहरीमा निर्माणाधीन रमदा होटल सञ्चालनमा आउने तयारीमा छ । गरिमा होटलको म्यानेजमेन्ट सोल्टी वेस्टेण्डले सम्हालिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्