एउटा युवा पटक पटक बेचिने बाध्य छ, प्रविधिको दुरुपयोग भएको छ : शर्मा

<span class='c1'>एउटा युवा पटक पटक बेचिने बाध्य छ,</span> <span class='c2'>प्रविधिको दुरुपयोग भएको छ : शर्मा</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले प्रविधिको दुरुपयोगले मानव बेचविखनलाई विस्तार गर्न सहज वातावरण बनेको बताएका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले प्रविधिको दुरुपयोग गरेर अपराधका प्रकृतिसँगै मानव बेचविखनका प्रकृतिहरु बदलिएको बताएका हुन् । संसदमा प्रस्तावमा गरिएको मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक २०८१ माथि आफ्नो धारण राख्दै उनले भने, ‘प्रविधिको दुरुपयोगले अपराधका प्रकृतिहरु बदलिएका छन् । बदलिएका अपराधका प्रकृतिहरुलाई कसरी हामीले नियन्त्रण गर्ने महत्वपूर्ण कुरा छ । प्रविधिले मानव बेचविखनलाई विस्तार गर्न वातावरण सहज बनेको अवस्था छ ।’ उनले वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको भन्दै त्यसलाई नियन्त्रण गर्न मानव बेचविखन तथा ओसारपसार (नियन्त्रण) गर्ने विधेयकले काम गर्नुपर्ने बताए ।

 

उनले भने, ‘मानव तस्करी र बेचविखन दुई तरिकाले भइरहेको छ । एउटा अवैधानिक समुद्र पार, बोर्डर पार र स्थानीयरुपमा पनि भइरहेका होलान् । वैधानिक तरिकाबाटै पनि मानव बेचविखन भइरहेको छ । खाडि मुलुकमा पुगेका महिलाहरु एकदमै यौन शोषणमा पर्नुभएको र ठुलो दुख खेप्नु परेको छ ।  वैधानिकरुपमा भिजिट भिषा लगायत अन्यका रुपमा बेचिरहेका छन् । त्यसलाई यो ऐनले कसरी नियन्त्रण गर्छ हेर्न जरुरी छ । उनले युवाहरु गाउँबाट सहर पस्दा नै बेचिन सुरु हुने भन्दै एउटै युवा पटक पटक बेचिने गरेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्