सुशासनका कायम गर्न सके देशले प्रगति हासिल गर्छ : प्रचण्ड

<span class='c1'>सुशासनका कायम गर्न सके देशले</span> <span class='c2'>प्रगति हासिल गर्छ : प्रचण्ड</span>

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सुशासनका समस्याहरुको समाधानमा सबैले प्रयास गरे देशले प्रगति हासिल गर्ने बताएका छन् । बिहीबार नेपालखबरको १० औं वार्षिकोत्सवको अवसरमा आयोजित राइजिङ नेपाल समिट–२०२५ मा लगानी र विकासबारे छलफलमा बोल्दै उनले सुशाषन कायम गर्न सबैले मिहेनत गरे प्रगति हासिल हुने बताएका हुन् । उनले भने, सुशाषनको मूख्य समस्या के हो र त्यसको समाधानको उपाय के हुन् भन्नेमा हामी सबैको साझा प्रयास भयो भने हामी प्रगति गर्न सक्छौ । त्यो कुरा हामी आफैले अनुभव गर्यौका छौ । हामीले मिहेनत गर्यौ भने प्रगति गर्न सकिन्छ ।’ उनले विगतमा नै शिक्षा क्षेत्रको सुधारका लागि विभिन्न आयोग बनाइनुका साथै महत्वपूण प्रतिवेदन तयार गरे पनि काम गर्न नसकेको बताए ।

 

अध्यक्ष प्रचण्डले २०७२ सालमा संविधान घोषणा गरे लगतै प्रहरी समायोजन गर्ने ऐन, संघीय निजामती ऐन लागु हुन पर्ने बताए । उनले भने, ‘हामीले २०७२ मा संविधान घोषणा गरे लगतै प्रहरी समायोजन गर्ने ऐन, संघीय निजामती ऐन लागु गरिहाल्नु पर्थ्यो किन गरेनौ । जसका कारणले देशमा अहिले नकरात्मक देखा पर्ने वातावरण किन बन्यो एता बढि ध्यान दिन जरुरी छ । त्यसो गरे मात्र हामीले सुधार गर्न सक्छौ ।’उनले सरकारले संविधान संशोधनका नाममा भन्ने र गर्ने व्यवहार फरक रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्