सुनको मूल्य घट्दा चाँदी बढ्यो

<span class='c1'>सुनको मूल्य घट्दा</span> <span class='c2'>चाँदी बढ्यो</span>

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

बिहीबार १ लाख ९५ हजार २०० रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला १ लाख ९४ हजार ७०० रुपैयाँमा कारोवार भैइरहेको छ ।यसैगरी आज सुनको मूल्य घटे पनि चाँदीको भाउ भने बढेको छ ।

आज चाँदी प्रतितोला २ हजार ३४० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार एक तोला चाँदीको मूल्य २ हजार ३३५ रूपैयाँ पुगेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्