विराटनगर । मोरङको बुढीगंगा गाँउपालिका २ मा रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलले अत्याधुनिक सुविधा सम्पन्न सहितको आकस्मिक सेवा (इमर्जेन्सी ) कक्ष विस्तार भएको छ । यस अघि ३० वटा मात्र बेड रहेको इमर्जेन्सी कक्षमा हाल १ सय बेड सहितको ईमेर्जेन्सी विस्तार गरी २४ सै घण्टा सेवा सुरु गरेको छ । नेपालमा नै पहिलोपल्ट इमर्जेन्सीलाई वर्गीकरण गरी ट्रमा तथा क्रिटिकल केयर जोनको रूपमा विस्तार गरेको हस्पिटलको दावी छ । ईमेर्जेन्सी कक्षमा बिरामीको अवस्था हेरर प्राथमिकताको आधारमा उपचार गरिन्छ । रातो रंगको क्षेत्रमा एकदम गम्भीर अवस्थामा रहेका बिरामीहरूलाई चाँज गरिन्छ ।


धेरै रगत बग्ने, सास नफेर्ने, बेहोस हुने लगायतका बिरामीको यस क्षेत्रमा पहिलो प्राथमिकतामा राखेर उपचार गरिनेछ । त्यसैगरी पहेँलो रंगको क्षेत्रमा गम्भीर अवस्थामा भएका तर पनि कुनै पनि खतरा नभएका बिरामीलाई राखिन्छ । जस्तै ज्वरो आएको, चक्कर लागेको, पेट दुख्ने चोटपटक लागेको लगायतका बिरामीको उपचार गरिन्छ। भने हरियो रंगको क्षेत्रमा सामान्य स्वास्थ्य समस्या भएको धेरै गाह्रो नभएको बिरामीलाई राखिन्छ। टाउको दुख्ने, रुघाखोकी, सामान्य चोट लगायतका बिरामीको यस क्षेत्रमा उपचार गर्ने व्यवस्था मिलाइएको छ । नवजात शिशु तथा बालबालिका, गर्भवती महिला वा प्रसुति समस्या भएका बिरामीहरूको लागि समेत यस इमर्जेन्सीमा छुट्टै कक्ष बनाइएको छ । अन्य हस्पिटलको तुलनामा विराट मेडिकलमा रहेको इमर्जेन्सी विभाग भित्रै तत्काल रगत जाँच, एक्स रे, अल््ट्रासाउन्ड, आईसीयु, अप्रेशन थिएटर (दुई वटा बेडसहित), विशेषज्ञ डाक्टरहरूको व्यवस्था रहेका कारण पनि नेपाल मै पहिलो अत्याधुनिक सुविधा सम्पन्न ईमेर्जेन्सी विभाग रहेको विराट मेडिकल कलेज टिचिङ हस्पिटलका प्रशासन प्रमुख प्रमेश देवकोटाले दावी गरे ।
इमर्जेन्सीमा स्वास्थ्य बीमा कार्यक्रम, विपन्न नागरिक कोष, जेष्ठ नागरिक स्वास्थ्य कार्यक्रम, सामाजिक सुरक्षा कोष, आमा सुरक्षा कार्यक्रमबाट समेत उपचार गराउन मिल्ने व्यवस्था गरिएको छ । आकस्मिक सेवाका लागि सरकारले दिएको सेवा सुविधा समेत लागू गर्ने जनाएको छ । विराट मेडिकलको आकस्मिक कक्षमा मात्रै दैनिक २ सय भन्दा बढी बिरामी आउने गरेका छन्। भने ओपीडी सेवा लिन मात्रै दैनिकी एक हजार भन्दा बढी बिरामी आउने गरेको हस्पिटल प्रशासनले जनाएको छ। हस्पिटलमा कोशी, मधेश प्रदेश नेपालका विभिन्न स्थानका साथै भारतबाट समेत बिरामी आउने गरेका छन् ।