विराटनगर । केहीदिनदेखीको अत्याधिक बढ्दो गर्मी तथा रानीखेत रोगका कारण मोरङको उर्लाबारीमा रहेको एक कुखुराको फर्ममा २ हजार बढी कुखुरा मरेका छन् । उर्लाबारी नगरपालीका ८ का उमेश थापाले सञ्चालन गर्दै आएको अठियाबारी फर्ममा पालेका २ हजार बढी कुखुरा विरामी भएर मरेका हुन् । गर्मीका कारण फर्ममा पर्याप्त हावा र चस्यिान कम हुँदा कुखुराहरु एकै पटक मरेको अनुमान गरएिको छ ।

फर्मका संचालकले थापाले भने, १६ हजार खुकुरा फर्म लगाइएको थियो । केहीदिनयता एकपछि अर्को गर्दै खुकुरा मर्न थालेपछि व्यावसायमा घाटा व्याहोर्नुपर्ने भयो । उनले विराटनगर स्थित भेटनरीमा पनि खुकुरा के कारणले मरेको हो भन्ने विषयमा ल्याव टेष्टका लागि आएका थिए । ल्यावको रिर्पोटमा रानीखेत रोग लागेको पत्ता लागेको छ ।