संघीय निजामती सेवा ऐनमा एमालेको षड्यन्त्र, छानबिनमा प्रधानमन्त्री ओली पनि पर्नुपर्छ : प्रचण्ड

<span class='c1'>संघीय निजामती सेवा ऐनमा एमालेको षड्यन्त्र, छानबिनमा</span> <span class='c2'>प्रधानमन्त्री ओली पनि पर्नुपर्छ : प्रचण्ड</span>

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय निजामती सेवा ऐन (कुलिङ अफ पिरियड) लाई रोक्न एमालेले षड्यन्त्र गरेको आरोप लगाएका छन् ।  शनिबार राजधानीमा आयोजित सहिद शिक्षक स्मृति केन्द्रको बहुउद्देश्यीय भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । प्रचण्डले ऐनबारे संसदमा भएको संशोधन र एमाले सांसदहरूको भूमिकालाई संकेत गर्दै उक्त दलको नियतमै समस्या रहेको बताए । उनले भने, ‘संघीय निजामती ऐन जुन कुलिङ अफ पिरियडमा एमालेले म्याउँ गरेरै छाड्यो । उसको नै नियत रहेछ संघीय निजामती ऐनका विरुद्धमा षड्यन्त्र गर्ने ।’ उनले प्रधानमन्त्री केपी शर्मा ओलीले यसबारे जिम्मेवारी लिनुपर्ने बताए । प्रचण्डले प्रधानमन्त्री ओलीकै संलग्नतामा ऐनलाई निष्क्रिय तुल्याउने प्रयास भएको दाबी गर्दै छानबिनको दायरामा उनी पनि पर्नुपर्ने धारणा राखे ।

‘संकाको सुई पहिला पनि प्रधानमन्त्री तिरै थियो, तर ठोस रुपमा भन्ने आधार थिएन,’ उनले भने, ‘अहिले एमाले सांसदहरूले गरेको गतिविधिहरू र संशोधनबाट नै यो एमाले पार्टी र त्यसको नेतृत्वको नियतकै कारणले भएको हो । त्यसकारण छानबिनको दायरामा प्रधानमन्त्री स्वयं पनि पारिनुपर्छ भनेर हामीले भनेका छौं ।’ संघीय निजामती ऐनको विवाद पछिल्लो समय राजनीतिक दलहरूबीच तिव्र बिबादको विषय बनेको छ । यसैगरी ‘प्रचण्ड’ले विद्यालय शिक्षा विधेयकमा भएका परिवर्तन र शिक्षक आन्दोलनसँग सम्बन्धित सहमति माओवादी नेतृत्वकै पहलमा सम्भव भएको दाबी गरे । उनले शिक्षकहरुको समस्याको समाधानमा आफ्नो दलको पहल निर्णायक नभए पनि केही हदसम्म राहत पु¥याएको बताए ।

 

‘हामीले आफ्नै ठाउँबाट गरेका प्रयासहरूले केही हदसम्म राहत दिएको हो । तर पूर्ण रुपमा समाधान भएको छैन,’ उनले भने, ‘विद्यालय शिक्षा विधेयकलाई सदनमा पु¥याउन मैले धेरै मेहनत गरेको छु । हाम्रो नेतृत्वको सरकार नभएको भए शिक्षक आन्दोलनसँग सम्बन्धित पाँच बुँदे सहमति सम्भव हुने थिएन ।’ उनले शिक्षा विधेयकको ड्राफ्ट तयार गर्न र सदनमा पु¥याउनका लागि भएको प्रयासमा माओवादी नेतृत्व निर्णायक रहेको पनि उल्लेख गरे । ‘मन्त्रिपरिषद्बाट पास गरेर पठाएको विधेयकमा बिच बाटोमै छेडखानी भयो । त्यो विधेयक शिक्षकहरुको मागअनुसार पनि नभएको थाहा पाएपछि सुधार गरेर पुनः सदनमा पु¥याइयो,’ उनले भने । सदनमा विधेयकमाथि भएको बहस र प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर उनले असन्तुष्टि जनाए । ‘प्रधानमन्त्रीले शिक्षक आन्दोलनलाई अपमानित गर्ने गरी नग्न रूपमा हमला गर्नुभयो, तर त्यसको प्रतिवाद सडकदेखि सदनसम्म माओवादीले नै ग¥यो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्