भारत र चीनसँग सन्तुलन मिलाएर काम गर्न सकेन भने नेपालको राष्ट्रियतामाथि हमला हुनेवाला छ : नेता खनाल

<span class='c1'>भारत र चीनसँग सन्तुलन मिलाएर काम गर्न सकेन भने</span> <span class='c2'>नेपालको राष्ट्रियतामाथि हमला हुनेवाला छ : नेता खनाल</span>

काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मनित नेता झलनाथ खनालले नेपाल र भारतबीच सुपुदर्गी सन्धि हुने तयारीमा रहेको बताएका छन् । शनिबार पुष्पलाल जन्म शताब्दी तथा ४७ औँ स्मृति दिवसका सन्दर्भमा आयोजित निर्वासन लोकार्पण समारोहलाई सम्बोधन गर्ने क्रममा  उनले यो सन्धि हुँदा भारत र चीनसँग सन्तुलन मिलाउन नसके त्यसले नेपालको राष्ट्रियतामाथि हमला हुने बताए । ‘अहिले मैले सुनिरहेको छु, नेपाल र भारतबीच सुपदर्गी सन्धि हुँदैछ । त्यो सन्धि हुँदा नेपालले भारत र चीनसँग सन्तुलन मिलाएर गर्न सकेन भने नेपालको राष्ट्रियतामाथि अर्को हमला हुनेवाला छ ’ उनले भने । त्यस्तै उनले पुष्पलााललाई सम्झँदै पुष्पलाल नेपालका जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति रहेको बताए । उनले कम्युनिष्ट पार्टी एउटा मात्र हुने भएकाले अहिले कम्युनिष्ट पार्टी धेरै भएको बताए । उनले नीति र सिद्धान्त दाँयाबायाँ सञ्चालित भएको कारण धेरै पार्टी प्रकट भएको बताए ।

 

‘पुष्पलााल नेपालका जनतालाई प्रशिक्षित गर्ने पहिलो व्यक्ति उहाँ हुनुहुन्थ्यो । पुष्पलालले नेपालमा नेपालको श्रमजिवी वर्गको एउटा पार्टी नेपाल कम्युनिष्ट पार्टी हुन्छ भनेर पार्टी गठन गर्नुभएको हो । कम्युनिष्ट पार्टी एउटा मात्र हुन्छ, पुष्पलालले बनाएको पनि एउटा पार्टी हो । अहिले २४, २५ वटा छन्  के कारणले छन् भनेर खोजी गर्न जरुरी रहेको छ । हाम्रो देशमा पनि यति धेरै उत्पन्न हुनुका कारण नीति र सिद्धान्त दाँयाबायाँ सञ्चालित भएको कारण नै यती धेरै पार्टी प्रकट भएका छन्,’  उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्