नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी निषेध गरौँ’

<span class='c1'>नेतृत्वको योगदानलाई जुग–जुगसम्म बचाई राख्न</span> <span class='c2'>चाकडी र चाप्लुसी निषेध गरौँ’</span>

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व मन्त्री सुदन किरातीले पार्टी केन्द्रीय समितीको निर्णय कार्यान्वयनका लागि सर्तहरु दृढता पूर्वक लागू गर्न आग्रह गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत उनले ४ वटा सर्तहरु अघि सार्दै दृढता पूर्वक लागू गर्न आग्रह गरेका हुन् । शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हुने,नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गर्ने लगायतका उनको सर्तहरु छन् ।

 

यस्तो छन्,सर्तहरु

१.पार्टी बलियो बनाउन सुद्धीकरण, सुदृढीकरण र  रूपान्तरणको अभियानलाई तिव्र बनाउ ।

२. शहिदको सपना पुरा गर्न कुनै पनि स्वरूपको लोभ तथा लालच त्याग्न तयार हौँ ।

३. प्रश्न गर्नेहरुलाई पार्टी विभाजनको आरोप लगाउने प्रवृतिको विरुद्ध सशक्त वैचारिक प्रतिवाद गरौँ ।

४. नेतृत्वको विचार र योगदानलाई जुग–जुगसम्म बचाई राख्न चाकडी र चाप्लुसी गर्ने प्रवृतिलाई निषेध गरौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्