२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का

<span class='c1'>२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना</span> <span class='c2'>पूरा गर्न सकिएन : मन्त्री खड्का</span>

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं  घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना हुँदाहुँदै पनि विभिन्न दबाब र चुनौतीहरुले पूरा गर्न नसेको गुनासो गरेका छन् ।आइतबार काठमाडौमा आयोजित सामूदायिक विद्युतीकरण उपभोक्ता महासंघको कार्यक्रममा बोल्दै उनले आवश्यक पर्नेजति विद्युत आफैं उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने साथै मुलुकलाई समृद्ध बनाउने अभियानमा लागि रहेको बताए ।

 

उनले भने,‘२४ औं घण्टा विद्युत आपूर्ति गर्ने सरकारको चाहना छ । तर यसमा दबाब ,चुनौतीहरु छन् । हामीलाई आवश्यक पर्नेजति विद्युत आफै उत्पादन गरेर खपत गर्ने र बढि भएको विद्युत निर्यात गर्ने र मुलुकलाई समृद्ध बनाउने अभियानमा आज मुलुक लागि रहेकोछ ।’ त्यस्तै उनले हरेक क्षेत्रमा जस्तै विद्युत क्षेत्रमा पनि चुनौतीहरु देखिएको भन्दै चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्ने उनको भनाइ छ । उनले भने,‘चुनौतीहरु त हरेक क्षेत्रमा देखिएका छन् । यो क्षेत्रमा पनि छ । तर हामी चुनौती सामना गर्ने सामथ्र्य निर्माण गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्