कोशी प्रदेशमा श्रृखलावद्ध ट्रान्सफर्मर चोरीको क्लु भेटियो ः घटनामा सलग्न ५ जना पक्राउ

<span class='c1'>कोशी प्रदेशमा श्रृखलावद्ध ट्रान्सफर्मर चोरीको क्लु भेटियो</span> <span class='c2'>ः घटनामा सलग्न ५ जना पक्राउ</span>

प्रेम देवान
विराटनगर । कोशी प्रदेशमा श्रृखलावद्ध विधुतीय ट्रान्सफर्मर चोरीले गर्दा विधुत प्राधिकरण कोशी प्रदेश हैरान खेप्न वाध्य थियो । सुनसरी , मोरङ र झापागरी अहिले सम्म झन्डै २२ स्थानका विधुतीय ट्रान्सफर्मर चोरी भईसकेको छ । चोरीमा संलग्न प्रहरीले केही क्लु भने फेला पारी सकेको छ । कोशी प्रदेश प्रहरी कार्यलयको विशेष टोलीलाई चोरीमा संलग्नहरुको खोज तलासको लागी खटाइएको थियो । यद्यपी प्रहरीको नियन्त्रणमा भने ५ जना आईसकेको प्रहरीकोृ भनाई छ ।


प्रहरीले यही साउन ८ गते बिहीबार मध्यराती रंगेली नगरपालिका ९ इटाभट्टाबाट एक जना नियन्त्रणमा लिन सफल भयो । प्रहरीले अन्तिम पटकको चोरीमा संलग्न रंगेलीबाट पक्राउ परेका व्यक्तिबाट अरु व्यक्तिलाई पक्राउ गर्न सफल भएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतको भनाई छ । चोरीको घटना हेर्दा फिल्म शैली कै जस्तो देखिएको अनुसन्धानमा खटिएका एक प्रहरीको भनाई छ ।

 

 

प्रहरीले ट्रान्सफर्मर चोरीमा संलग्न पाँच जनालाई पक्राउ गरेको छ । सुनसरीबाट ४ जना र मोरङको रंगेलीबाट १ जना गरी पाँच जनालाई पक्राउ गरेर मोरङ प्रहरीले आर्इतबार म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ । पक्राउ परेका व्यक्तिहरुको नाम प्रहरीले गोप्य राखेको छ । ट्रान्सफर्मर श्रृंखलाबद्ध चोरी हुन थालेपछि कोशी प्रदेश प्रहरी कार्यालयल विराटनगरले विशेष टोली गठन गरेको छ । प्रदेशको पिट र मोरङ प्रहरीबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली परिचालन भएको थियो । प्रहरीले विचमा धेरै व्यक्तिहरुलाई सोधपुछ गरेर छाड्ने गरेको छ । तर घटनामा आशंका गरिएका व्यक्तिहरुलाई भने प्रहरीले गहिरो अनुसन्धान थालेपछि केही क्लु भेटेर पक्राउ गर्न सफल भएको हो । कुन जिल्लामा कहिले चोरी भए :
झापा:
झापाको कन्काई नगरपालीका ५ मुस्लीम बस्तीमा २०८० कात्तिक २७ , त्यसैरी झापा कै शिवसतक्षी नगरपलिका १ मा २०८२ जेठ ३१ गते चोरी भएको थियो ।
मोरङ ः
मोरङको बुढीगंगामा थानचोकमा २०८१ माघ १५ गते , ग्रामथान ४ कै लोहासुरमा माघ २७ गते । चैत्र २९ गते सुन्दर हरैचा नगरपालिका लक्ष्मीपुर खोरियामा । २०८२ साल बैसाख ३ गते सुन्दरहरैचा २ जोगियारे , जेठ २१ ग्रामथान गाँउपालीका ५ झम्टामा , जेठ २२ गते रगेली नगरपालीका ७ हराङकालिका , जेठ २३ गते रंगेली नगरपालिका १ जिरायत टोल, असार १७ गते बेलबारी नगरपालिका ७ गिरी टोलमा चोरी भएको थियो ।

सुनसरी : २०८१ चैत्र २४ गते ईटहरी १५ एकम्बामा चोरी भएको थियो , सोही दिन रामधुनी नगरपालीका ७ ईचौल , २०८२ साल बैसाख ९ गते रामधुनी ईटाभटामा चारी भयो। बैसाख १३ गते रामधुनी ९ ईटाभटा , जेठ ३ गते गढी गाँउपालिका २ छप्की टोल, जेठ १८ गते रामधुनी ९ सितापुर , जेठ ४ रामधुनी ९ डुम्राहा , बैसाख २४ गते देवानगन्ज १ र २ को सिमाना मध्यहर्षाही , असार ९ गते बराहक्षेत्र ९ राजावासमा , असार २२ गते ईटहरी १६ टिकुलिया , साउन ९ गते देवानगन्ज १ मध्यहर्षाही राजाजीथान , साउन ६ गते बराहक्षेत्र जमटोकीमा १२ स्थानमा चोरी भएको थियो ।

विधुत प्राधिकरणलाई करोडौँको घाटा:
यसरी श्रृखलावद्ध रुपमा चोरी हुन थालेपछि नेपाल विधुत प्राधिकरणलाई भने ठुलो घाटा व्यहोर्नुपरिरहेको थियो । प्राय जसो चोरी भएको ट्रान्सफर्मर ५० केभी र १०० केभीको रहेको छ । ५० केभीको ट्रान्सर्मरलाई ५ देखि ६ लाख रुपैयाँ पर्नेछ भने १०० केभीको ट्रान्सर्मरलाई ११ देखि १२ लाख रुपैयाँसम्म पर्दछ । ट्रान्सफर्मर चोरी हुँदा विद्युत प्राधिकरणलाई बक्यौता पनि नउठने समस्या रहेको छ । यसरी २२ वटा ट्रान्सफर्मर चोरी हुँदा नेपाल विद्युत प्राधिकरणलाई २ करोड २० लाख रुपैयाँ बढी नोक्सानी भएको नेपाल विद्युत प्राधिकरण कोशी प्रदेशका प्रमुख राजिव सिंहले जानकारी दिए ।

‘ट्रान्सफर्मर चोरीमा विद्युतको ज्ञान भएका प्राविधिक मान्छेको संलग्न हुनसक्ने सिंहको भनाई छ । अहिले जतिपनि ट्रान्सफर्मरहरु सिँचाइ, खानेपानी, लगायतमा जडान गरिएको चोरी हुने क्रम बढेको छ । जे भएपनि कोशी प्रदेश प्रहरीले घटनामा संलग्नहरुको खोजीकार्यलाई निरन्तरता दिएको छ,’ हाम्रो लागि राम्रो हो । सिंहले भने, नेपाल प्रहरीलाई विशेष धन्यवाद पनि दिन चाहान्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्