मधेश प्रदेशमा घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम सुरु

<span class='c1'>मधेश प्रदेशमा घरधुरी बीमा र</span> <span class='c2'>नागरिक बीमा कार्यक्रम सुरु</span>

जनकपुर । मधेश प्रदेश सरकारले नेपालमै पहिलो पटक कुनै प्रदेशमा नभएको ऐतिहासिक कार्यक्रमको शुरुवात गरेको छ । मधेश प्रदेश सरकारले ‘घरधुरी बीमा’ र ‘नागरिक बीमा’ कार्यक्रम औपचारिक रूपमा लागू गरेको छ । मुख्यमन्त्री सतिश कुमार सिंह नेतृत्वको सरकारले अघि सारेको यस योजनामार्फत पहिलो चरणमा एक लाख घरधुरी र ६ हजार ६ सय नागरिक बीमाको दायरामा ल्याइएको छ । बीमा कार्यक्रम अन्तर्गत करिब ५९ अर्ब १० करोड रुपैयाँ बराबरको बीमा सुरक्षा सुनिश्चित गरिएको मुख्यमन्त्री सतिश कुमार सिंहले जानकारी दिएका छन् ।

घरधुरी बीमा अन्तर्गत आगलागी, चट्याङ, बाढी, पहिरो, आँधी–हुरी लगायत प्राकृतिक विपद्बाट हुने क्षतिको क्षतिपूर्ति उपलब्ध गराइनेछ । उक्त बीमामा प्रति घरधुरी अधिकतम ५ लाख रुपैयाँको बीमा सुविधा रहेको छ । त्यस्तै, नागरिक बीमाले आकस्मिक मृत्यु, शारीरिक अपांगता, र दुर्घटनामा घाइते भएका अवस्थालाई समेट्नेछ । नागरिक बीमाको अधिकतम सीमा १० लाख रुपैयाँ तोकिएको छ । मधेश प्रदेशका ८ वटै जिल्लामा बसोबास गर्ने जो कोहीले पनि यस बीमाको लाभ लिन सक्ने छन ।

यतिसम्म की भारतमा पनि दुर्घटनामा परेर मृत्यु हुन पुगेको खण्डमा नागरिक बीमा तहत मधेश प्रेदेश सरकारले तोकिएको बीमा कम्पिनीबाट १० लाख रुपैयाँ उपलब्ध गराइने मुख्यमन्त्री सिंहको भनाइ छ ।त्यस्तै, सरकारले बीमा दाबी प्रक्रिया पारदर्शी र सहज बनाइएको जनाएको छ । पीडितले बीमा दाबी गर्न साक्ष्यसहित निवेदन, प्रहरीको प्रतिवेदन वा अस्पतालको रिपोर्ट, स्थानीय तहको सिफारिस तथा प्रदेश नागरिक भएको प्रमाण पेश गर्नुपर्नेछ । यस्तो कार्यविधिले राहत प्रक्रिया सरल हुने विश्वास लिएको मुख्यमन्त्री सिंहको दाबी छ । घरधुरी बीमा र नागरिक बीमा कार्यक्रम साउन १ गतेदेखि नै लागु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्