संघीय संसद अन्तरगत पाँच समितिको बैठक बस्दै

<span class='c1'>संघीय संसद अन्तरगत पाँच</span> <span class='c2'>समितिको बैठक बस्दै</span>

काठमाडौं । संघीय संसद अन्तरगत आज पाँच समितिको बैठक बस्दै छ । मंगलबार प्रतिनिभि सभा अन्तरगत तीन र राष्ट्रिय सभा अन्तरगत दुई गरेर पाँच समितिको बैठक बस्न लागिएको हो । आज प्रतिनिभि सभा अन्तरगत अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१ माथि संशोधनकर्ताहरूसँग छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक बिहान ११ बजे बस्नेगरि तय भएको छ । साथै ११ बजे नै बस्न लागेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ मा परेका संशोधनका सम्बन्धमा संशोधनकर्ताहरुसँग छलफल गर्ने कार्यसूची रहेको छ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा मिडिया काउन्सिल विधेयक, २०८० का सम्बन्धमा सरोकारवालाहरुसँग अन्तक्र्रिया गर्ने कार्यसूची रहेको छ ।

 

यस्तै, राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ भने बैठक दिनको २ बजे बस्ने तय भएको छ । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बिहान ११ बजे बस्ने बैठकमा भने कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिला मन्त्री र सचिवलाई आमन्त्रित पनि गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्