विश्व बाघ दिवस मनाइँदै

<span class='c1'>विश्व बाघ</span> <span class='c2'>दिवस मनाइँदै</span>

काठामाडौं । मंगलबार(आज) विश्व बाघ दिवस मनाइँदैछ । हरेक वर्ष जुलाई २९ मा विश्व बाघ दिवस मनाउने प्रचलन छ । ‘सहअस्तित्व र आयाआर्जन, बाघ संरक्षणको लागि मानव व्यवहार परिर्वतन’ भन्ने नाराका साथ माघ दिवस मनाउन लागिएको हो । यस अवसरमा नेपालका विभिन्न निकुन्ज एवम पर्सा, चितवन, बर्दिया,बाँकेलगायतका स्थानमा विविध कार्यक्रमहरुको तय गरिएको छ ।विशेषत बाघ विश्वभर १४ वटा देशमा मात्रै पाइन्छ । सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा सम्पन्न विश्व बाघ सम्मेलनले हरेक वर्ष २९ जुलाईका दिनलाई अन्तर्राष्ट्रिय बाघ दिवस मनाउने घोषणा गरेअनुरुप नेपालमा पनि यो दिवस मनाउन लागिएको हो ।

 

नेपालले वि सं २०६७ देखि बाघ दिवस मनाउँदै आएको छ । नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

 

तर अहिले २०२५ सम्म आँउदा बाघको संख्या वृद्धि भइ ३ सय ५५ पुगेको छ । यसका लागि स्थानीय सरकारदेखि सरोकारवाला निकायहरुको पनि निकै पहल गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्