जनकपुरको कटैयाचौरी नजिक एक किशोरीको हत्या, दुई जना घाइते

<span class='c1'>जनकपुरको कटैयाचौरी नजिक एक किशोरीको</span> <span class='c2'>हत्या, दुई जना घाइते</span>

जनकपुर । जनकपुरधाम उपमहानगरपालिका–४ स्थित कटैयाचौरी नजिक गएराति धारिलो हतियार प्रहारबाट एक किशोरीको हत्या भएको छ । घटनामा अन्य दुई जना घाइते भएका छन् । हतियार प्रहारबाट १४ वर्षीया अञ्चली यादवको ज्यान गएको हो । उनी ३६ वर्षीया आशा यादवकी छोरी हुन् । घटनामा आशा यादव पनि घाइते भएकी हुन् ।

 

त्यस्तै उनको भतिजी राधा यादव पनि घाइते भएकी छन् । घाइते दुबैलाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा भर्ना गरिएको छ । मधेश प्रदेश प्रहरी प्रमुख उमा चतुर्वेदीका अनुसार घटना राति करिब ११ बजेतिर भएको हो । अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । अहिले घटनाको अनुसन्धान तीव्र पारिएको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्