संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ

<span class='c1'>संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण</span> <span class='c2'>क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ</span>

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले संघीय र प्रादेशिक अस्पतालहरु पूर्ण क्षमतामा सञ्चालन गर्ने वातावरण बनाउन आवश्यक रहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित जनस्वास्थ्य आपतकालीन कार्यसञ्चालन केन्द्रको क्षमता अभिवृद्धि कार्यक्रममा बोल्दै उनले अहिले स्वास्थ्यमा लगानी एकदमै कम रहेको बताउँदै लगानी अभिवृद्धि गर्नुपर्ने बताए ।

 

मन्त्री पौडेलले लगानी अभिवृद्धिको लागि आफू मन्त्रीभएदेखि तीनवटा प्रस्ताव अगाडि बढाउँदा पनि स्वीकृति नभएको गुनासो गरे ।उनले भने,‘संघीय र प्रादेशिक अस्पतालहरु जहाँ छन् तिनीहरु पूर्ण क्षमतामा सञ्चालन हुनुपर्यो । त्यसलाई आवश्यक पर्ने जनशक्ति उपलब्ध हुनुपर्यो । अहिले स्वास्थ्यमा लगानी एकदमै कम छ । ०४८ सालदेखि यसमा लगानी नै भएको छैन् । म मन्त्रीभएदेखि तीनवटा प्रस्ताव अगाडि बढाइएको हो तर स्वीकृति नै भएको छैन् । आफूलाई त्यो ठिक लागे सहमत तर आफूलाई राम्रो नलागे त्यो गर्नै हुन्न भन्ने मानसिकता रहेछ । हामीहरुले स्वास्थ्य संस्थाहरु जनशक्तिको हिसाबले पूर्ण क्षमताले चल्न सक्ने बनायौं भने संकट व्यवस्थापनमा ठूलो सहयोग पुर्याउन सक्छ ।’ उनले दक्ष जनशक्तिमा  र अस्पतालमा क्षमता वृद्धि गर्नु नै नागरिकलाई सेवा पुर्याउनु भएको भन्दै प्रभावकारी सेवा प्रदानमा विशेष ध्यान दिनुपर्नेमा जोड दिए । उनले नीतिगत स्पष्टता नहुँदा एउटा सरकार र अर्को सरकारबीच समन्वयात्मक भूमिकामा समस्या भएको धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्