भ्रष्टाचार र विकृति फैलाएको भन्दै ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ

<span class='c1'>भ्रष्टाचार र विकृति फैलाएको भन्दै</span> <span class='c2'>ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ</span>

काठमाडौं । पूर्वसांसद सुनीलबाबु पन्तको नेतृत्वमा रहेको टोलीले ब्लु डाइमन्ड सोसाइटीको कार्यालय घेराउ गरेका छन् । बुधबार शीतल पिंकी गुरुङ नेतृत्वको ब्लु डाइमन्ड सोसाइटीले समलिंगी, तेस्रोलिंगी, अन्तरलिंगीको नाममा भ्रष्टाचार गरेको आरोप लागाउदैँ धुम्बाराहीस्थित कार्यालय घेराउ गरेको हो ।

सक्कलीको नाममा नक्कली तेस्रोलिङ्गीहरू हुलेर विकृति फैलाएको उनीहरूमाथि आरोप लगाइएको छ । पूर्वसांसद पन्तले संस्थाको कार्यक्रम सुकुटेबीचमा गएर गरेको भन्दै आपत्ति जनाए । कार्यालयमा गर्न मिल्ने कार्यक्रमहरु बाहिर होटल रिसोर्टमा गएर गर्दा अनावश्यक खर्च गरेको उनको भनाई छ ।

उनले भने, ‘संस्थाको कार्यक्रम सुकुटेबीचमा गएर गर्नु मेरो लागि त्यति उपयुक्त लागेन । हाम्रो कुरा भनेको कार्यक्रमहरु अरु होटेलमा गएर किन गर्ने यही कार्यालयमा गर्दा पनि हुन्छ भन्ने हो । कार्यक्रम धेरै लक्षित वर्गमा पुगोस् । होटल र रिसोर्टमा पैसा सकाउने काम नहोस् । किनकी सरकारले समुदायलाई हेरेको हुँदैन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्