नेपालको पानी भारतले खिचेको हुनसक्छ, जासुसी तरिकाले अध्ययन गरौँ : वामदेव गौतम

<span class='c1'>नेपालको पानी भारतले खिचेको हुनसक्छ, जासुसी</span> <span class='c2'>तरिकाले अध्ययन गरौँ : वामदेव गौतम</span>

काठमाणडौँ । नेकपा एकीकृत समाजवादीका नेता वामदेव गौतमले तराई मधेसमा देखिएको पानीको समस्या समाधानका लागि प्रत्येक पाँच किलो मिटरमा पोखरी निर्माण गर्नुपर्ने प्रस्ताव गरेका छन् । बिहीबार राष्ट्रियसभा अन्तर्गत विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै उनले पानीको समस्या समाधानका लागि पोखरी निर्माणको प्रस्ताव गरेका हुन् ।‘ठोरीको नहरबाट आठ जिल्लामा जहाँ जहाँ पानीको समस्या छ, त्यहाँ लगेर पानी रिचार्ज गर्न सकिन्छ । ५/६ दिनसम्म रिचार्ज गर्ने हो भने गहिराइको आधारमा खर्च पनि त्यही किसिमले गर्ने । राजमार्गभन्दा दक्षिणतर्फ हरेक पाँच किलोमिटर पोखरी निर्माण गर्ने । आठ जिल्लामा ४० वटा पोखरी निर्माण गरौँला । जहाँ–जहाँ पानी जम्मा गर्न सकिन्छ जम्मा गर्दै जाने । यसका लागि २५/३० हजार कामदार खटाउन सक्यौँ भने दुई/तीन महिनामा हामीले परिणाम दिन सक्छौँ’, उनले भने । यसैगरी नै हामीले पूर्वी, मध्य र पश्चिम तराईदेखि पहाडमा पनि व्यवस्थापन गर्न सकिने गौतमले जिकिर गरे ।

 

उनले चुरेमा पानी नै नहुने दाबी गरे । करोडौँ वर्षदेखि नै त्यहाँ ग्यागरिङ रहेकाले पानी आउने तर जम्मा नहुने उनले बताए । नेपालको तराई भू–भागमा पानीको समस्या हुनुमा भारतले खिचेको हुनसक्ने गौतमले आशङ्का गरे । त्यसका लागि जासुसी तरिकाले हेर्न जानुपर्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्