विराटनगर । श्याम भक्तिभावमा रमाउनेहरुको लागि एक विशेष अवसरको रुपमा श्री श्याम संकीर्तन झुलन उत्सव यही श्रावण १६ गते आयोजना हुने भएको छ। कार्यक्रम मारवाड़ी सेवा सदन, शनिहाट, विराटनगर मा साँझ ४ बजेबाट सुरु हुनेछ। उक्त संकीर्तन कार्यक्रममा विशेष अतिथिका रुपमा भारतबाट आमन्त्रित श्याम प्रेमी अनुप चोखानी र वर्षा गर्ग ले श्याम रसले भरिपूर्ण भजन संकीर्तन प्रस्तुत गर्नेछन्।
कार्यक्रमको आयोजना समस्त श्याम प्रेमीहरूको तत्वावधानमा गरिनेछ। भक्तिभाव, संगीत र भजनले भरिएको उत साँझ विराटनगरका श्याम भक्तहरूका लागि एक अविस्मरणीय अनुभव बन्ने आयोजकहरूले विश्वास व्यक्त गरेका छन्। समस्त श्याम प्रेमीहरूलाई समयमै उपस्थित भई कार्यक्रमको भव्यता बढाइदिन आयोजक परिवारले हार्दिक निमन्त्रणा गरेका छन।