आजको मौसम ः बागमती प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

<span class='c1'>आजको मौसम ः बागमती प्रदेशका</span> <span class='c2'>पहाडी भूभागमा भारी वर्षाको सम्भावना</span>

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको छ । जसका कारण हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही मधेस प्रदेशमा मुख्यतया सफा देखि आंशिक बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

 

महाशाखाका अनुसार, आज दिउँसो देशभर साधरणतया बदली रही कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका प्राय स्थानहरूमा तथा तराई भूभागका केही स्थानहरूमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।

 

आज राति भने देशको पहाडी भूभागमा साधरणतया बदली रही तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले मधेस प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थानहरूमा तथा तराई भूभागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ भने बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्