विराटनगर । आर्थिक वर्ष २०८१÷०८२ मा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले एक वर्षमा न्युन गुणस्तरको उत्पादन गर्ने १० वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले बार्षिक प्रगति तथा गोष्ठी कार्यक्रममा .एक वर्षमा न्युन गुणस्तरको उत्पादन गर्ने १० वटा उद्योग विरुद्ध मुद्दा दर्ता गरेको जानकारी गराएको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पप्पुलाल राईका अनुसार मोरङको बुढीगंगा २ मा रहेको दुगड स्पाइसेज एण्ड फुड प्रोडक्टस प्रालिको चिया, विराटनगर १४ मा रहेको सूर्योदय मिल्क एण्ड वभरेज इण्ड प्रालिको एसएम पी, विराटनगर १ मा रहेको गङ्गा पेय जल उद्योगको पिउने पानी न्यून गुणस्तरको भेटिएपछि मुद्दा दायर गरेको हो । त्यसैगरी विराटनगर २ मा रहेको खेतान चिया उद्योग, बुढीगंगा ४ मा रहेको गोमती फुड्स प्रालि, विराटनगर ११ मा रहेको निधी फुड उद्योग र लेटाङ ९ मा रहेको मकालु एक्वा इण्ड उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले एक वर्षमा २४३ उद्योगको सिफारिस गरेको छ भने अनुमति पत्र १६६ वटा उद्योगको गरेको छ । पाँच सय उद्योगको अनुमित पत्र नविरण गरेको छ । खाद्यसँग सम्बन्धित वस्तु गुणस्तरहीन भएको पुष्टि भएपछि अदालत र लेबलसँग सम्बन्धित वस्तुको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले जिल्ला प्रशासन कार्यालयमा माग दाबी लिएर अभियोग पत्र दायर गर्ने गरिएको छ । यस्तै मोरङको कटहरी गउँपालिका ४ मा रहेको क्वालिटी आयल प्रालिको उत्पादन ‘सूर्यमुखी’ तेल र क्वालिटी थाई फूड्सको चाउचाउ न्यून गुणस्तरको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले गरेको ल्याब परीक्षणमा सूर्यमुखी तेल र चाउचाउ न्यून गुणस्तरको भेटिएपछि उद्योग विरुद्ध मुद्दा दर्ता भएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरले असार ५ गते सूर्यमुखी तेलको नमुन संकलन गरेर ल्याब परीक्षण गर्दा न्यून गुणस्तरको भेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दयार गरिएको कार्यालयले जनाएको छ । ‘उद्योगले उत्पादन गरेर बजार पठाएको सूर्यमुखी तेल र चाउचाउको ल्याब परीक्षण गर्दा न्यून गुणस्तरको भेटिएपछि जिल्ला प्रशासन कार्यालय मोरङमा मुद्दा दर्ता गरिएको राईले बताए ।