कांग्रेसले सबै जातजातिलाई उचित सम्मान गरेको छ: सभापति देउवा

<span class='c1'>कांग्रेसले सबै जातजातिलाई उचित सम्मान</span> <span class='c2'>गरेको छ: सभापति देउवा</span>

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीले थारु समुदायलाई सम्मान गर्दै हक हितका लागि विभिन्न कामहरु गर्दै आएको बताएका छन् । शुक्रबार पार्टीको थारु विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको बताए । उनले भने,‘नेपाली कांग्रेसले थारु समुदायलाई सम्मान गर्दै आएको छ । थारु समुदायको समग्र विकास र उत्थानमा विकास पुगोस् भन्ने उद्देश्यले थारु विभाग गठन गरिएको छ । यो संगठन थारुहरुको हक हितका निम्ति अधिकतम प्रयोग गर्नुपर्छ ।’ त्यस्तै उनले संविधानले गर्दा कुनैपनि पार्टीको बहुमत आउन नसक्दा अर्को पार्टीसँग मिलेर सरकार बनाउनुपरेको बाध्यता रहेको बताए ।

 

उनले भने, ‘हाम्रो संविधान सबैलाई जोड्ने खालको छ । जुन संविधान छ त्यसमा महिला, दलित, जनजाति, आदिवासी सबैलाई प्रतिनिधित्व गर्छ । यो समावेशी लोकतन्त्र भन्दा पनि हुन्छ वास्तबमा । तर यसमा एउटा समस्या पनि छ । संविधानले गर्दा कुनै पनि पार्टीको बहुमत आउँदैन । कुनै न कुनै पार्टीसँग मिलेर सरकार बनाउनुपर्ने हुन्छ । त्यो कुनै पार्टीसँग मिलेर सरकारमा जानुपर्ने हुनसक्छ । तर पार्टी एक भएर अगाडि बढेको ढंगमा बहुमत आउन पनि सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्